सडक सुचारु नगरे कडा आन्दोलन गर्ने नेपाली काँग्रेस दोलखाको चेतावनी

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ९
दोलखालाई काठमाडौँ जोड्ने लामोसाँघु–चरिकोट सडक खण्ड ७ दिन भित्र अवागमन हुने गरी सुचारु नगरे कडा आन्दोलन गर्ने नेपाली काँग्रेस दोलखाले चेतावनी दिएको छ ।
बिहीबार दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदैँ नेपाली काँग्रेस दोलखाले माग पुरा नभए कडा आन्दोलनमा जाने सरकारलाई चेतावनी दिएको छ । आन्दोलनपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्ययंले व्योहोर्नु पर्ने चेतावनी काँग्रेसले ज्ञापन पत्रमार्फत दिएको छ ।
साथै नेपाली काँग्रेस दोलखाले तत्काल नैतिक जिम्मेवारी लिदैँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको पनि माग गरेको छ ।
७ दिन भित्र सो सडकखण्ड मर्मत गरी आवगमन सुचारु गर्न माग सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको राजिनामाको माग गरेको हो ।
अरनिको राजमार्ग सडकखण्ड अन्र्तगतको उक्त सडकखण्ड ठेकेदारको चरम लापरबाही तथा सरकारी निकायको बेवास्ताका कारण केहि वर्षदेखि अस्तव्यस्त हुदैँ आएको छ । जसले गर्दा यात्रुहरुले चरम सास्ति भोग्नु परेको छ । दोलखा लगायत रामेछाप, सिन्धुपाल्चोक र सोलुखुम्बुको बासिन्दाको समेत जीवनयापनमा समस्या आएको छ । यस्तो अवस्था हुदाँपनि सरकारी निकाय मौन बस्दा रहस्यमय अनि शंकास्पद रहेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।

लामोसाँघु–चरिकोट  सडकखण्ड सूचारु गर्न दबाब दिन नेपाली काँग्रेसका नेता तथा कार्याकर्ता विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए ।

राहत तथा उद्धार कार्य प्रभावकारी बनाउन माग
नेपाली काँग्रेस दोलखाले सडकखण्ड तत्काल सुचारु गर्न माग सहित बाढी पहिरो प्रभावितलाई राहत तथा उद्धार कार्य व्यवस्थित र प्रभावकारी गर्न सरकार समक्ष माग राखेको छ ।
भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले धेरै नागरिकको ज्यान गई कयौँ बेपत्ता र विस्थापित हुदाँ समेत उद्धारका साथै राहत कार्य प्रभावकारी नभएको प्रति काँग्रेस दोलखाले आपति जनाएको छ । साथै यसप्रति सरकारी निकायले बेवास्ता गरेकोमा घोर आपति व्यक्त गर्दै बाढी तथा पहिरो प्रभावितलाई उद्धार र राहत कार्य व्यवस्थित एवं प्रभावकारी बनाउन नेपाली काँग्रेस दोलखाले सरकार समक्ष माग गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "सडक सुचारु नगरे कडा आन्दोलन गर्ने नेपाली काँग्रेस दोलखाको चेतावनी"

Leave a comment

Your email address will not be published.


*