समृद्धिका लागि वन्यजन्तुको व्यवस्थापन

भोला खतिवडा

ताजा समाचारको लागि फलो गर्नुहोस ।

हरेक मान्छेको मुखमा नैं समृद्धि भन्ने शव्द झुण्डीएको छ । कुनै पनि व्यक्ति उम्मेदवार वन्नु पर्दा मुलुकको समृद्धिको लागि मेरो उम्मेदवारी भन्ने गर्दछ । समृद्धि भन्ने शव्दावली प्रयोग गरिएन भने त्यो मान्छे हो कि होइन भन्ने विषयमा शंका गर्लान भन्ने भैसकेको छ । जुनसुकै सभा समारोह, भेला मेला, गोष्ठी, सेमिनार जहाँ पनि समृद्धिको कुरा सुन्न पाइन्छ । वन क्षेत्रले समृद्धिमा योगादन दिने, कृषीले त झन् प्रत्यक्ष नैं दिने भै गो, अनी जलस्रोत पनि समृद्धिमा पु¥याउने, पर्यटनले समृद्धि, उद्योगले समृद्धि, वैदेशिक रोजगारले समृद्धि, अध्ययन अनुसन्धानले समृद्धि, शिक्षाले समृद्धि अर्थात हरेक चिजले समृद्धिमा योगदान दिने चर्चा दैनिकी जस्तो सुनिन्छ । हुन पनि हो, अव राज्यको व्यवस्था परिवर्तनको एजेण्डा सकिए अव मुलुक र मुलुकवासीको समृद्धि अवको हाम्रो बाटो हो । यसका कसैको दुइमत छैन । आज यस लेखमा समृद्धिमा सहयोग पुग्ने तर नेपालको कानूनद्वारा वन्देज गरेको विषयमा चर्चा गर्न लागिएको छ ।
समृद्धिको चर्चा गर्नासाथ कस्को भन्ने कुरा आउँछ । हामीले चर्चा गर्ने भनेको नेपाल र नेपालीको नैं हो । त्यसैले मान्छेको समृद्धिका साधानहरुको अधिकतम् परिचालन महत्वपूर्ण पक्ष हो । समृद्धिको धेरैवटा साधान मध्ये एक वन हो । वन भित्र विभिन्न जैविक विविधता रहेको हुन्छ नैं । वनका गहनाको रुपमा जंगली जिवजन्तुलाई लिने गरिन्छ । वनमा जंगली जनावर छैन भने त्यो वन भन्न नसकिएला तर त्यो वनमा कति वन्यजन्तु वस्न सक्ने हुन्छ त्यसको भने लेखाजोखा गर्न जरुरी भैसकेको छ । विगत २५ वर्षको तुलनामा अहिले नेपालको वन क्षेत्र ५ प्रतिशतले वढ्यो । वन वढ्दा वन्यजन्तु पनि वढे । उसलाई चाहिने आहार सायद वनबाट पूरा भएन । अनी जंगली जनावर बस्ती छिर्न थाले । चितुवाको आक्रमणवाट वर्षेनी मान्छेको मृत्यू भैरहेको छ । त्यसै गरी वँदेलको आक्रमणवाट मान्छेहरु घाइते भैरहेका छन् । वँदेलले वाली सखाप पारिरहेको छ । मृगहरु हुलका हुल खेत वारीमा छिरेर हरेक किसिमको अन्नवाली तथा नगदेवाली खाइरहेका छन् । वाँदरबाट हुने क्षतीको त कसैले लेखाजोखा गर्न नैं सक्दैन । कुन ठाउँ होला जहाँ बाँदरले दुःख नदेको होस् । हरेक दिन जसो स्थानीय तह र स्थानीय प्रशासनमा निवेदन आइरहेको समाचारहरु सुन्नमा आइरहेका छन् । केही समय अघि मात्र कास्कीको रुपा गाउँपालिकाले ६०० वटा वाँदर समातेर चितवन राष्ट्रिय निकुञ्जमा छाडेको भन्ने समाचार आएको छ । त्यसरी वाँदर समात्ने मान्छे नेपालमा नभएर भारतको उत्तरप्रदेशबाट झिकाइएको समाचारमा उल्लेख छ ।
वन्यजन्तुलाई व्यबस्थापन गर्न जरुरी भैसकेको छ । वन्यजन्तुको पालनको पनि चर्चा चलिरहेको छ । तर अहिलेको कानूनले पाल्न मिल्ने तर वेच्न, मार्न, खान नमिल्ने छ । साच्चै समृद्धिको नारालाई सार्थकतामा वदल्ने हो भने वन्यजन्तुलाई व्यवस्थापन गर्नु पर्दछ । वनको क्षमता भन्दा वढि रहेका चितुवा, वँदेल, मिर्ग, वाँदर मार्ने, वेच्ने व्यवस्था गर्नु पर्दछ । कालिज पनि हाम्रो वन जंगलमा अत्यधिक वढिरहेको छ । अहिले काठमाडौंमा गल्ली गल्लीमा धरानको कालो वँगुरको सेकुवा पाइन्छ भन्ने गरीन्छ । त्यसै गरी जंगली वँगुरको मासु पाइन्छ भनेर वोर्ड राखेर व्यापार गर्न दिनु पर्दछ । कालिजको मासु पाइन्छ भनेर रेष्टुरेन्ट चलाउन दिनु पर्दछ । त्यसै गरी मिर्गको मासुको व्यापार गर्न दिनु पर्दछ । यसरी वन्य जन्तुको व्यापार गर्न पाउने व्यवस्था गर्ने हो भने सामुदायिक वन लगायतको आम्दानीको स्रोत पनि वढ्ने थियो । अनी व्यवसायीहरुको व्यवसाय पनि फस्टाउने थियो । नयाँ ढँगवाट व्यवसाय सञ्चालन हुने थियो । कुखुराको मासु भन्दा दशौं गुणा वढि पैसा तिरेर कालिजको मासु खान्थ्ये होलान् ।
दैनिकी रुपमा मानिसको जनजीवनमा नकरात्मक असर पारीरहेको जंगली जनावरको व्यवस्थापनको लागि ठोस कदम चाल्नु पर्दछ भन्ने वारेमा वन विज्ञहरु पनि वोल्न थालेका छन् । पूर्व वन प्रसाशक तथा वन विज्ञ डा. केशवराज कणेलले संघिय वन तथा वातावरण मन्त्री शक्ति वहादुर वस्नेतलाई सुझाव दिँदै भन्नु भयो “ बँदेल मार्न दिनु पर्छ” । उहाँको थप तर्क थियो, बँदेललाई मार्दा जैविक विविधतामा त्यस्तो नोक्सानी हुँदैन । वातावरणमा पनि ठुलो हानी गर्दैन । बँदेलको संख्या वृद्धिले जनजीवनका ठुलो असर परेको कुरा वताउनु भयो । नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी भएर अवकाश प्राप्त वन विज्ञको यो सुझाव मनन् योग्य छ । उहाँले गाउँमा स्थानीय वासिन्दाले भोगेको पिडालाई नीति निर्माता तहसम्म पु¥याइदिनु भयो । यस्तै मनमा सोचेर वस्ने अन्य वन विज्ञहरु पनि होलान् । सायद विरालाको घाँटीमा कस्ले घण्टी झुण्डाउने भन्ने मात्रै होला । यसमा डा. कणेलले मुख खोल्नु भयो । त्यसैले वन जंगलमा रहेका जुन अत्यधिक रहेको छ ती जनावरको व्यवस्थापन गर्नु आवश्यक मात्र होइन ढिला भैसकेको छ । यसलाई त्यती कै मार्ने होइन । त्यसलाई व्यापार गरी आयआर्जन तिर लैजानु पर्दछ । व्यबसायीक रुपमा जंगली जनावरहरुको समेत पालन गर्ने, वेच्ने अनुमती दिनु पर्दछ । आदिमकालमा वाख्रा पनि जंगली नैं थियो होला अहिले घरपालुवा भएको छ त्यसको संख्या घटेको छैन वढेकै छ । वाख्राले वाली खायो भनेर अहिले सम्म उजुरी परेको छैन । खाएकै भए पनि त्यसको मालिकले क्षती व्यहोर्ने चलन चलिसकेको छ । त्यसै गरी कुखुराहरु पनि वनमा नैं थिए होलान् । अहिले त्यसको संख्या घटेको छैन नी । त्यसैले जंगलमा रहेका वन्यजन्तुको चाप हेरी तीनीहरुको व्यवस्थापन गर्नु पर्दछ । अनुमती दिएर शिकारको व्यवस्था गर्न सकिन्छ अनी त्यसता जनावरको व्यवसायीक खेतीलाई समेत प्रोत्साहन गर्नु पर्दछ । तव मात्रै समृद्धिमा त्यस क्षेत्रको समेत योगदान हुन्छ । यस वारेमा वेलैमा वहस गरौं र उपयोगी नीति तथा कानून वनाउन हामी सवै लागौं ।
ठाडो भाषामा भन्नु पर्दा, आवश्यकता भन्दा वढि रहेको वनजन्तुको मार्न, वेच्न, खाना पाउने कानुनी व्यवस्था गर्नु पर्दछ । वाँदरको संख्या अतिधेरै वढि भैसक्यो । कसैले खान्छ व्यापार गर्छ भने कानूनी रुपमा नैं दिनु प¥यो । घुमाउरो भाषामा भन्ने हो भने वन्यजन्तुलाई व्यवस्थापन गर्नु प¥यो भन्ने हो । त्यसैले वन्यजन्तुको व्यवसायीक व्यवस्थापनबाट मात्र अहिले ग्रामिण जनजीवनमा परेको असजिलो हट्दछ । त्यसै गरी वन्यजन्तु उचित व्यवस्थापनको कारणले मुलुक र मुलुकवासीको समृद्धिमा समेत योगदान पुग्नसक्दछ । यदी यसो गर्न सकिएन भने धेरै वन जंगल वरीपरी रहेका वासिन्दाहरु वसाई सर्नुको विकल्प छैन कि गैरकानूनी काम गर्न वाध्य हुनु पर्नेछ ।
धन्यवाद ।

bholakcf@gmail.com

Shares

Dikshan Online TV

Be the first to comment on "समृद्धिका लागि वन्यजन्तुको व्यवस्थापन"

Leave a comment

Your email address will not be published.


*