सस्तो मूल्यमा किवी नर्सरी स्थापना गरिने

ताजा समाचारको लागि फलो गर्नुहोस ।

ईस्वर विक÷चरिकोट –सस्तो मूल्यमा किसानहरुलाई बिरुवा उपलब्ध गराउन भीमेश्वर नगरपालिका ३ लम्पतेमा किवीको नर्सरी स्थापना हुने भएको छ । किसानहरुले चाहे अनुरुप बिरुवा नपाउने र मंहगो मूल्य तिर्नुपर्ने भएकाले सस्तो मूल्यमै किसानलाई किवीको बिरुवा उपलब्ध गराउन कृषि, पशुपन्छी तथा अनुसन्धान फार्मले नर्सरी स्थपाना गर्ने भएको हो । फार्मले आफ्नै जग्गामा पहिलो चरणमा ५ सय बिरुवा उत्पादन गर्ने र मागअनुसार बढाउदैँ जाने फार्मकी प्रबन्धक इन्दिरा थापाले बताइन् । अहिले बजारमा प्रतिगोटा ४ सय देखि ५ सयमा किवीको बिरुवा बिक्रीवितरण भइरहेको बेला फार्मले १ सय ५० रुपैँयामै उपलब्ध किवी खेती गर्न चाहने किसानलाई वितरण गरिने उनले बताइन् ।
फार्मले किसानहरुलाई कुखुरा पालन प्रविधीबारे जानकारी, विभिन्न पशुपंछीहरुको व्यवस्थापन तालिम र पशुपालन प्राविधिक सल्लाह तथा परामर्श सेवा उपलब्ध गराइरहेको थापाले बताइन् । फार्मले करिब २५ जनालाई विभिन्न कृषि सम्बन्धी तालिम दिएको उनले बताइन् । फार्मले निकट भविष्यमा कालिच ह्याचरी स्थापनाका लागी परिक्षण र अनुसन्धान गरिरहेको थापाले जानकारी दिइन् ।
किवी फल उच्च रक्तचाप, मुटुरोग, डाइभिटिज लगायत रोगका लागी उपयुक्त मानिएकाले दोलखाका विभिन्न स्थानमा किवी फलको खेती विस्तार भएको छ । गत वर्ष दोलखामा १ सय ८५ मेटिक टन किवी उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना इकाई (किवी जोन)ले जनाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "सस्तो मूल्यमा किवी नर्सरी स्थापना गरिने"

Leave a comment

Your email address will not be published.


*