सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –दोलखाबाट प्रतिनिधी सभा निर्वाचित नेकपाका सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्। उनीविरुद्धको अदालतमा अदालत हाजिर हुने तामेली पत्र जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि आइतबार गुरुङ अदालत उपस्थित भएका हुन । एकवर्षअघि काठमाडौं जिल्ला अदालतमा गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्धा दर्ता भएको थियो । सांसद गुरुङले यो राजनीतिक मुद्दा भएको बताएका छन्। गुरुङमाथि २०७४ को स्थानीय चुनाव लगत्तै दोलखाका वीरध्वज खड्कामाथि गौशालामा आक्रमण गरेको आरोप छ। आक्रमणमा उनको संलग्नता रहेको भन्दै खड्काले महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए। गुरुङ प्रतिनिधिसभाको चुनावमा दोलखाबाट निर्वा्चित सांसद् हुन्।उनीसँगै सात जनालाई अदालतमा हाजिर हुने पत्र आएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "सांसद पार्वत गुरुङ जिल्ला अदालत काठमाडौंमा उपस्थित"

Leave a comment

Your email address will not be published.


*