सामुदायिक वनमा रोपियो टिमुर 

ताजा समाचारको लागि फलो गर्नुहोस ।

दीक्षण समाचार 

चरिकोट, असार २७ 

दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ९ मा टिमुरको बिरुवा रोपिएको छ। तिनथली र दिमाल सामुदायिक बनमा आयआर्जन र टिमुर खेती विस्तार गर्ने उद्देश्यले करिब १९ सय वटा टिमुरको बिरुवा रोपिएको हो । भीमेश्वर नगरपालिका र वडाको संयुक्त आयोजनामा उपभोक्ताहरूको सहभागिता र सक्रियतामा टिमुर रोपिएको दिमाल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुलमान थामीले बताउनुभयो। आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुने टिमुरलाई तरकारी र अचारमा मसलाका रुपमा पनि प्रयोग गरिन्छ। यसले शरीरलाई न्यानो बनाउन र विभिन्न रोगमा औषधीको काम गर्छ । समुन्द्री सतहदेखि १२ सय देखि २५ सय मिटर उचाइमा टिमुरको खेती उपयुक्त मानिन्छ। अध्यक्ष थामीले सामुदायिक वनको सदुपयोग गर्दै टिमुरको खेती विस्तार गर्न लागिएको बताउँदै हरियो वन, नेपालको धन अन्तर्गत धन बढाउन अभिप्राय रहेको सुनाउनुभयो। टिमुरको संरक्षण तथा गोडमेल समुदायले गर्नुपर्ने र अपनत्व महसुस सबैले गर्नुपर्ने अध्यक्ष थामीले बताउनुभयो ‌। वनजङ्गल काठ, दाउरा र घाँसको मात्र स्रोत नभई जडिबुटी र नगदे बालीको पनि स्रोत हो । जसबाट वन उपभोक्ता समुहको आयआर्जन पनि हुन्छ। वडाले स्थानीयलाई १५ सय टिमुरको बिरुवा निःशुल्क वितरण गरको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on " सामुदायिक वनमा रोपियो टिमुर "

Leave a comment

Your email address will not be published.


*