चरिकोट –सामुदायिक विकास मञ्च दोलखाले १४ औँ बर्षगाँठ मनाएको छ । शुक्रबार दोलखा सदरमुकाम चरिकोटमा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेल बर्षगाँठको उद्धघान गर्दै गै¥ह सरकारी संस्थाहरुले स्थानिय सरकारसँग सहकार्य गरी लक्षित कार्यक्रम गर्नुपर्ने बताए । उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा विभिन्न संघसंस्थाहरुले सहयोग गरेकाले दोलखा खुल्ला दिसामुक्त जिल्ला घोषणाका लागि सफल भएको बताए । शैलुङ गाउँपालिकाका प्रमुख अध्यक्ष भरत दुललाले संस्थालाई सफलता शुभकमना दिए ।सभामा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले गै¥हसरकारी संस्था र स्थानीय सरकार मिलेर काम गर्नु पर्ने बताइन । २०६२ साल देखि समाज विकासमा प्रतिबद्ध भन्ने मुल नाराका साथ संस्थाले दोलखाको आर्थिक सामाजिक विकासमा क्रियाशिल रहेको संस्थाका अध्यक्ष राजु थापाले बताए । उनले संस्था खानेपानी, स्वास्थ्य र सरसफाइमा जिल्लामै उत्कृष्ठ बनेको बताए । संस्थाले सफा पानी कार्यक्रम, खानेपानी सुरक्षा तथा वास उत्थानशील, विपद् जोखिम न्युनिकरण, नमूना स्वस्थ्य समुदाय कार्यक्रम लगायतका कार्यहरु गर्दै आएको थापाले बताए । । साधारण सभामा मञ्चका सचिव अर्जुन कार्कीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष राजन श्रेष्ठले आर्थिक वर्ष २०७५÷२०७६ को आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । सभाको अवसरमा संस्थाका उत्कृष्ठ कर्मचारी मुस्कान पुडासैनीलाई सम्मान गरिएको छ । साधारण सभाको अवसरमा संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष थापाले बताए । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सामुदायिक विकास मञ्चले मनायो १४ औ बर्षगाँढ
TOPICS:दोलखा आसपास
Posted By: दीक्षण दैनिक २१ भाद्र २०७६, शनिबार १५:२७
२० कार्तिक २०८१, मंगलवार १९:२२
2081/07/20 Epaper
२० कार्तिक २०८१, मंगलवार १८:४६
उपनिर्वाचनको आन्तरिक तयारीमा जुटे दोलखाका प्रमुख दलहरु
२० कार्तिक २०८१, मंगलवार १८:५२
कालिञ्चोकमा हिमपात
२० कार्तिक २०८१, मंगलवार १८:५५
सडकमै सवारीको यान्त्रिक जाँच
२० कार्तिक २०८१, मंगलवार १८:४९
रोल्वालिङ क्षेत्रमा सहजरुपमा हेलिकप्टर अवतरण गर्न दिनुपर्ने माग
२० कार्तिक २०८१, मंगलवार २०:२९
Be the first to comment on "सामुदायिक विकास मञ्चले मनायो १४ औ बर्षगाँढ"