बनेपा, ४ साउन (रासस) :काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन् । पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजीकार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुभयो । बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । –––
सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता
Posted By: दीक्षण दैनिक ४ श्रावण २०७९, बुधबार २०:३२
१० माघ २०८१, बिहीबार १९:०६
२०८१ माघ १० गतेको क्लिक गरेर Epaper पढ्नु होस
११ माघ २०८१, शुक्रबार ११:५३
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
११ माघ २०८१, शुक्रबार १०:१६
महाभारतमा आगलागी : सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक
११ माघ २०८१, शुक्रबार १८:३१
Be the first to comment on "सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता"