बागमती, १९ कात्तिक (रासस) : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामिटोलस्थित सडकमा आज साँझ स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडाबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७६ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुरको बागमती गाउँपालिका–४ निवासी ४८ वर्षीया गङ्गा पहरीको मृत्यु भएको हो । सोही स्कुटरको ठक्करबाट पहरीका ५ वर्षीय अनुप पहरी घाइते भएका छन् । ठक्करबाट गम्भीर घाइते गङ्गा पहरीलाई उपचारको लागि हेटौंडास्थित चुरेहिल अस्पताल भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते अनुपको सोही अस्पतालमा उपचार भइरहेको जनाएको छ । ठक्कर दिने स्कुटर र चालक हेटौंडा उपमहानगरपालिका ६ चौघडा निवासी २६ वर्षीय अनुपकुमार क्षेत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । –––
स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु
Posted By: दीक्षण दैनिक १९ कार्तिक २०८१, सोमबार २०:३८
२ माघ २०८१, बुधबार १८:३२
दोलखामा भोलिदेखिअन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने
२ माघ २०८१, बुधबार १९:४४
पूर्वाधार कार्यालय दोलखाद्वारा चालु आर्थिक बर्ष १ सय ३७ वटा पूर्वाधारका आयोजना सञ्चालनमा
२ माघ २०८१, बुधबार १९:२१
२०८१ माघ २ गतेको क्लिक गरेर Epaper पढ्नु होस
३ माघ २०८१, बिहीबार ११:३९
Be the first to comment on "स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु"