स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेद्वारलाई सम्मान

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) – खप्तडी बुढाथोकी सेवा समाज दोलखाले चरिकोटमा गत बैसाखमा भएकाे स्थानीय तहको निर्वाचनमा बुढाथोकी थरबाट भाग लिएका उम्मेद्वारलाई आज सम्मान गरेको छ । स्थानीय तहको निर्वाचनमा जिरी नगरपालिकामा उपप्रमुखमा निर्वाचित कृष्णमाया बुढाथोकी र कालिञ्चोक गाउँपालिकामा उपप्रमुखमा निर्वाचित कुल बहादुर बुढाथोकीलाई समाजले सम्मान गरेको छ । त्यसैगरी स्थानीय तहमा विजयी तथा उम्मेद्वार बनी निर्वाचनमा भाग लिएकालाइ पनि समाजले सम्मान गरेको समाजका सचिब रुद्रजंग बुढाथोकीले जानकारी दिनु भयो ।कार्यक्रममा २१ जनालाई सम्मान गरिएको उहाँले बताउनु भयाे । समाजले अक्षय कोष स्थापना गरेर बन्धुहरुलाईआबस्यक सहयोग गर्ने योजना रहेको उहाँले जानकारी दिनु भयो। कार्यक्रम समाजका केन्द्रीय कोषाध्यक्ष डिल्ली कुमार बुढाथोकीको प्रमुख अतिथ्यतामा भएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेद्वारलाई सम्मान"

Leave a comment

Your email address will not be published.


*