हरिकृतन समितिका सदस्यहरु अब एउटै पोशाकमा (नौ फोटो फिचर सहित )

ध्रुव आचार्य
सिंगटी, ८ साउन
मान्छेहरुले आफ्नो पुरानो धर्म र रहन सहन त्याग्दै गएका बेला सिंगटीमा भने त्यसको संरक्षणमा स्थानीयहरु जुटेका छन् । धर्म संस्कृति जोगाउन र आफ्नो पहिचान बचाउन हरिकृतन सेवा समिति नै बनाएर नियमित भजन पाठमा लागेका छन् ।
समितिकै आव्हानमा हरेक एकादशीको दिन सामुहिक रुपमा भेला भएर धार्मिक पूजापाठ र भजन कृतन हुने हरिकृतन सेवा समिति सिंगटीकी अध्यक्ष रमा खड्काले जानकारी दिइन् । सिंगटीको बजारका खोलावारी पारी सबै भेला भएर यस्तो काम सुरु गरेको हो । नियमित भजन स्थानीय शिव मन्दिर र स्थानीयको घरमा समेत हुने गरेको उनले जानकारी दिइन् । पछिल्लो भवन कहाँ हुने भन्ने सोही कार्यक्रममै सहमति हुन्छ र आयोजना हुन्छ ।
हरिकृतन सेवा समितिमा आबद्ध हुनेको संख्या हरेक कार्यक्रममा बढ्दै गएको छ । विगू गाउँपालिका वडा नं. ४ सिंगटीमा रहेको शिव मन्दिरमा समितिकै आयोजनामा सप्ताह समेत भयो । त्यसको सोमबार अषाढ शुक्ल एकादशीकै अवसर पारेर समापन भयो । सप्ताहकै अवसरमा हरिकृतन सेवा समितिमा आबद्ध सबैका लागि पोशाकको समेत व्यवस्था गरेको छ ।
आफ्नो पहिचानका लागि पोशाक व्यवस्था गरेको अध्यक्ष खड्काले जानकारी दिइन् । पोशाक महिलाहरुका लागि चौबन्दी चोली र धोती साथै पुरुषहरुका लागि कुर्तासुरुवाल तोकिएको छ । सप्ताहकै अवसरमा सबैलाई पोशाक विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले व्यवस्था गरिदिए । पोशाक वापतको खर्च र सप्ताहका लागि ४ लाख खर्च गरेको बताए ।
“धर्मले व्यक्ति र समाजलाई अनुशासित बनाउँछ” अध्यक्ष खड्काले भने “सिंगटी क्षेत्रमा पछिल्ला समयमा विकृतिहरु र अनुशासनहिन गतिविधि हुन थालेकाले धार्मिक कार्यक्रममा समेत सहयोग गर्न थाालेको हुँ ।” सिंगटीमा रहेको शिव मन्दिरको बाँकी काम निर्माण पूरा गर्न र नियमित पूजा पाठका लागि नियमित पण्डित बस्ने व्यवस्था पनि आफूले गर्ने बताए । पण्डितका लागि लाग्ने खर्च व्यक्तिगत रुपमा आफैं सहयोग गर्ने समेत उद्घोष गरे ।
मन्दिरको नियमित आम्दानीका लागि सिंगटी बजारमा रहेको मन्दिरको जग्गामा सटर निकाले र घर बनाएर भाडामा लगाउने व्यवस्था गर्ने बताए । मन्दिरको थप निर्माणका लागि गाउँपालिकाको तर्फबाट समेत चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको जानकारी दिए । साथै सिंगटी बजार व्यवस्थापनका लागि २० लाख र घाट पुर्ननिर्माणका लागि समेत प्रयाप्त बजेट व्यवस्थापन गरेको उनले जानकारी दिए । सिंगटी ३ गाउँपालिकाको केन्द्र भएकाले यसलाई व्यवस्थित र सुरक्षित बजार बनाउने बताए ।

फोटो फिचर हरिकृतन सेवा समाजको आयोजनामा भएको सप्ताह समापन

Shares

Dikshan Online TV

Be the first to comment on "हरिकृतन समितिका सदस्यहरु अब एउटै पोशाकमा (नौ फोटो फिचर सहित )"

Leave a comment

Your email address will not be published.


*