हिंसा प्रभावितलाई पुनःस्थापनामा समस्या

ताजा समाचारको लागि फलो गर्नुहोस ।

जानुका न्यौपाने

भीमेश्वर नगरपालिका वडा २ स्थायी घर भएकी देख्दा चिटक्क परेकी गहुँ गोरी वर्ष ४५ की टिकामाया सुवेदी हँसिलो अनुहार मन्द मुस्कान । देख्दा लाग्छ उनीले पुर्नजीवन प्राप्त गर्न सकिन । हो उनीले मानसिक स्वास्थ्य समस्याका कारण जीवनको एउटा कठीन अवस्थालाई गुजारेर पनि हाल स्वस्थ जीवन प्राप्त गरेकी छन् । उनी तीन सन्तानकी आमा र कुशल पत्नी पनि थिइन । तर, उनको जीवनले अर्कै अकल्पनीय मोड लियो । सामान्य पारीश्रमीक लिएर पति र कुशल गृहिणीको रुपमा परिवार चलाउँदै आएका थिए । उनका पति घरको भैंसीको दुध बेचेको पैसाले मदिरा सेवन गर्दै जानेक्रममा उनको लत बसेर कूलतमा फसे । पत्नीलाई स–सानो कुरालाईलिएर रिस गर्ने । शारीरिक रुपमा दिनहुँ कुटपिट गर्ने गर्न थाले । विस्तारै परिवारमा अशान्ती बढ्दै गयो । एकदिन उनले पत्नीलाई कुटपीट गर्दा एउटा हातै भाँचियो । पातलो अनि तीन सन्तान जन्माएको शरीर उनी काम गर्न नसक्ने भइन । काम नगर्ने भएपछि श्रीमानले अझ धेरै पीडा दिन थाले । उनीको मनमा हिनताबोध, शारीरिक मानसिक पीडा र चोटको कारण मानसिक रुपमा विक्षिप्त भईन ।
कुरा धेरै टाढाको होईन विगत सात वर्ष देखि उनी घर छोडेर विक्षिप्त मनस्थितिमा सडकमा आइन । उनको न त आफूले मुटुको टुक्रा मानेर ९ महिना गर्भमा राखी यस धर्तीमा जन्म दिएकी छोराछोरीले उनीको अवस्था बारेमा चासो राखे न त पतिले नै । उनी वेवास्ताकै कारण समयमा मानसिक समस्याको उपचार नपाएर सडकमा बस्ने, सडकमै सुत्ने र सडकमै मागेर खाने, जे पयो त्यही खाने आफ्नै संसारमा गीत गाउँदै हिड्न थालीन । उनीलाई सबैले अपरिचत जस्तो गरी बहुलाई, पागल, दिमाग खुस्किएकी आइमाई भन्न थाले । कसैले पनि उनीको वास्ता गरेनन् । उनीमाथि सात वर्षसम्म सहयोगी मन भएको कसैको नजर परेन । अन्ततः महिला पीडित भएको देखेर दोलखा जिल्लाको सदरमुकाम चरिकोटमा कार्यालय भएको आवाज नेपाल नामक गैर सरकारी सामाजिक संस्थाको उनीको अवस्था र उनीमाथि नजर प¥यो । र, विगत एक वर्ष अगाडि तत्काल प्राथमिक उपचार गर्न भनि प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य सेवा केन्द्र चरिकोट) का चिकित्सकसँग समन्वय गरी उपचारार्थ अस्पतालमा भर्ना गरयो । उनको परिवारलाई विरामी कुर्नको लागि आउन पटक पटक जानकारी गराईयो । शुरुमा उनीहरु आएनन् । उनी अस्पतालका स्वास्थ्यकर्मीहरुलाई नै गाली गर्ने पिट्ने, भाग्ने कोशीस गर्न थालिन । त्यो भएपछि उनको पति र छोराछोरीलाई जसरी पनि अस्पतालमा आउन भनेपछि उनीहरु बाध्यता स्वरुप आए । उनको छोरो चाहन्थ्यो कि उनी मेराी आमा हुन् भनेर कसैले नचिनिदिए हुन्थ्यो भनेर । जे होस् बाबु छोरा पालै पालो केही दिन कुरुवाको रुपमा बसेपछि र अस्पतालका चिकित्सकहरुको अधिक प्रयासले उनको स्वास्थ्य अवस्थामा सुधार आउने अवस्था देखे पछि काठमाण्डौंको कोशीस नेपाल नामक गैरसरकारी सामाजिक संस्था जसले मानसिक रुपमा विक्षिप्त भएका मानसिक रोगीहरुलाई विभिन्न तवरबाट स्वस्थ बनाई उनीहरुको जीवनमा सुधार ल्याउन सहयोग गर्छ त्यसै संस्थामा लैजानको लागि प्रेषण गरियो । परिवारका सदस्यहरुले आफ्नो दायित्व नसम्झेको मानवता नै गुमाएको अवस्थामा भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग, प्रस्तावित अस्पताल (प्राथामिक स्वास्थ्य सेवा केन्द्र) चरिकोट, भीमेश्वर नगरको सहयोग र आवाज नेपाल तथा अधिकारकर्मी महिलाहरुको अगुवाईमा उनीलाई कोशीस नेपालको कार्यालय काठमाण्डौमा उपचारका लागि पु¥याउँने कार्य गरियो । कोशीस नेपालले ३ महिनासम्म राखेर निरन्तर उनको मानसिक स्वास्थ्यको प्राविधिक रुपमा औषधी तथा उपचार र मनोवैज्ञानिक रुपमा मनो सामाजिक परार्मश गरी उनको विगत सात वर्षदेखी सडकमा वितेको जीवनमा परिवर्तन ल्याउन सफल भयो ।
तीन महिना पश्चात् उनी परिवारको माया ममता, स्मरण अनि घरको खोजी गर्ने र आफैं नियमित औषधी सेवन गर्नु पर्छ भन्ने बनाएर घरमा नै पुनःस्थापना गर्नु पर्छ भनेर फिर्ता ग¥यो । उनी चरिकोट आएपछि उनको परिवार (पति, छोराछोरी) लाई उनको जिम्मालिएर घरमा लैजान बोलायो । परिवारले अस्वीकार ग¥यो । उनी केही दिन आवाज नेपालकै आवासमा बसिन । पति अनि छोराछोरीले बेवास्ता गरेको थाहा पाएर विकल्प स्वरुप उनले माइती जाने चाहना गरिन । उनको माइती बैत्यश्वर गाउँपालिकाको मैनापोखरी हो । त्यहाँ उनको दाजु, भदा, भदै मात्र छन् भाउजु छैनन् । सामान्य परिवार छ । तथापी खबर गरियो र दाजु आएर मेरी बहिनीलाई म लैजान्छु, स्याहार सुसार गर्छु, लालनपालन गर्छु भनेर मानवता दर्शाएर लगे । लगभग एक डेढ महिना माइत बसेपछि उनी म घर जान्छु पहिला पो म रोगी थिए वास्ता गरेनन् । अब त म स्वस्थ भएकी छु भनेर घर फर्कन दाजुलाई भनि दाजुसंगै आवाज नेपालमा आइन । आमाको मातृत्व छचल्कियो उनको मनमा । मलाई श्रीमान्ले वास्ता नगरे के हुन्छ र मैले दुःख गरेर जन्माएका छोरा छोरीले त माया गर्छनी भनिन । भीमेश्वर नगरपालिकाका मेयर, उपमेयर र आवाज नेपालको अथक प्रयास पछि आधिकारिक रुपमा नै पत्राचार गरेर उनको पति, छोरा छोरी, देवर, जेठाजु, देउरानी, जेठानी, छिमेकीलाई उपस्थित हुन अनुरोध गरेपछि । देवर, देउरानी, जेठाजु मात्र आए आमाको मातृत्वको कदर नगरी छोराछोरी भने अनुपस्थित रहे ।
भीमेश्वर नगरपालिकाका मेयर, उपमेयर र आवाज नेपाल, अधिकारकर्मी महिलाको उपस्थितिमा लिखित रुपमा कागज गराई उनको पालनपोषण, स्याहार तथा नियमित औषधी खुवाउने बाचा गराई भीमेश्वर नगरपालिकाको सवारी साधनमा उनको घरमा लगेर छोडियो । उनको घरप्रतिको माया मोह, पति र छोराछोरीको स्नेह, सहानुभूति, हौसला आशाको ठीक विपरित व्यवहार गरेपछि उनी घरमा पुनः घर छोड्न बाध्य भईन । र, उनी आवाज नेपालको कार्यालयमा आइन । प्रस्तावित चरिकोट अस्पतालमा परामर्श तथा पनुः परीक्षण र औषधी लिन गइनत्यसपछि उनी फेरि माइतीकै दाजुकोमा पाएको माया र गरेको सकारात्मक व्यवहार सम्झेर माइत गईन ।
कस्तो विडम्बना माइतीले भने उनको समस्या प्रति सचेत भएर उनलाई पालन पोषण, जीवन बाँच्नको लागि हौसला प्रदान गरी लालनपालन गरिरहेको छ । तर, मारे पाप पाले पुण्य भनेर विवाह गरि पठाएको घरको जिम्मेवार व्यक्ति पति भन्नेले गलत व्यवहार, अपशब्द र घृणाको व्यवहार ग¥यो । उनको अत्न्तै आशाका केन्द्र, मुटुका टुक्रा भनेर सम्झिएका, ९ महिनासम्म गर्भमा राखी, जन्म दिएका छोराछोरीले बेवास्ता गरेको देखेर त्यो परिवारका सदस्य प्रति घृणा जागेर आउँछ । उनले त अझै पनि मेरो छोराको जागिर नछुटोस्, मेरा छोरी, नातिनातिनीले दुःख नपाउन भनेर हामीसँग भनिरहन्छिन् । छोराको विवाह गर्नु पर्छ असल बुहारी ल्याउनु पर्छ भन्छिन । हाल उनी धेरैजसो माइतीमा दाजुको घरमानै बस्दै आएकि छन् । फेरि पनि आमाको सम्मान पाउने आशा बोकेर मातातिर्थ ओंशीको मैनापोखरी दाजुको घरबाट चरिकोट आइन र आवाज नेपालको आवासमा बसिन । परिणत उनको आशा विपरित भयो खबर गर्दा पनि जानकारी पाउँदापाउँदै उनका न त छोरो नै आमाको मुख हेर्न आयो न त छोरीहरु नै । धिक्कार छ त्यस्ता सन्तानहरुलाई । यस धर्तीमा जन्मलिएर मान्छे हौं भनेर हिड्नेहरुलाई । त्यस पछि उनी अहिले पनि मातातिर्थ औंसीदेखि हालसम्म आवाज नेपालकै आवासमा बसेकी छन् । समस्याको चुरो कुरो भनेको परिवारले आफ्नो माानवता र दायित्व बोध नगरी उनलाई अस्वीकार गरेको छ । पुर्नस्थापनामा समस्या आएको छ । उनको लागि के गर्न सकिएला सोचनिय र संवेदनशील सवाल भनेको छ अहिले ।
वास्तविकता पनि कति कहाली लाग्दो छ । मानिसको जीवन हो आज देख्दा आफूलाई स्वस्थ भनेर दंग नपरौं भोलि के हो के हो ? जसलाई पनि यस्तो गम्भिर प्रकृतिको मानसिक स्वास्थ्य समस्या आउन सक्छ । त्यसकारण मेरो अनुरोध छ यो समाजका सचेत नागरिकहरुलाई कि मानसिक स्वास्थ्य समस्या होस् या अन्य शारीरिक समस्या भएकाहरुलाई बहुला, पागल, दिमाग खुस्कीएको जस्ता अपशब्ध प्रयोग गरी बेवास्ता नगरौं । यो समस्या जो कोहीलाई पर्न सक्छ । टीकामायाको स्थानमा आफूलाई राखेर हेरौं र शिघ्र रुपमा उपचारको लागि सहयोग गरौं । टिकामाया सुवेदी जस्ता कयौं महिलाहरु छन् । उनीहरुलाई पनि उपचार तथा पुःनस्थापना गराऔं ।

Shares

Dikshan Online TV

Be the first to comment on "हिंसा प्रभावितलाई पुनःस्थापनामा समस्या"

Leave a comment

Your email address will not be published.


*