११ बिपन्न परिवारलाई राहत बितरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट(दीस) – दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ का ११ बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । इजारायल रोजगारी रहेकी मेलुङ ७ की बिमला भण्डारीको आर्थिक सहयोग तथा साना किसान कृषि सहकारी मेलुङको समन्वयमा उक्त राहत  सामाग्री बितरण गरिएको सहकारीका अध्यक्ष श्रीराज पोखरेलले बताए । बिपन्न ११ घर परिवारलाई एक बोरा चालम तथा अन्य समाग्री बितरण गरिएको उनले जानकारी दिए । भण्डारी सो पालिका वडा ७ की स्थाई बासिन्दा हुन् । उनले २१ हजार रुपैया बराबरको सामाग्री खरिद गर्न आर्थिक सहयोग गरेकी थिइन ।

 

 

Shares

Dikshan Online TV

Be the first to comment on "११ बिपन्न परिवारलाई राहत बितरण"

Leave a comment

Your email address will not be published.


*