चरिकोट(दीस)ः एकीकृत फ्रेण्डसिपको ३३ औं स्थापना दिवस सम्पन्न भएको छ । अइतवार स्थापना दिवस सम्पन्न भएको हो ।
दोलखाको जिरीमा मुख्य कार्यालय रहेको सो साकोसको स्थापना दिवस राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डि.बी. बस्नेतको प्रमुख आतिथ्यता तथा भूमिराज खड्काको सभपातित्वमा सम्पन्न भएको थियो । बार्षिक दिवसको अवसरमा संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था र संस्थाले सञ्चालन गरेका विभिन्न क्रियाकलापहरुको वारेमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले जानकारी दिनुभएको थियो । स्थापना दिवसको अवसरमा गत फागुन २८ गते आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय सहकारी निबन्ध लेखन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गरिनुकासाथै विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने सदस्यहरु, उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुलाई सम्मानित गरिएको थियो ।
३३ औं स्थापना दिवस सम्पन्न

Be the first to comment on "३३ औं स्थापना दिवस सम्पन्न"