४२ औं वार्षिक साधारण सभा सम्पन्न

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) ः नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको ४२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा शनिबार सदरमुकाम चरिकोट स्थित मिलिजुली साकोस हलमा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन बागमती प्रदेशसभाका सांसद भरत केसीले गर्नु भएको थियो । कार्यक्रममा दोलखाका राजनैतिक दल , स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधी तथा सरोकारवाला संस्थाका प्रतिनिधीहरुले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । साधारण सभामा अध्यक्ष ईश्वरी दहालले बार्षिक प्रतिवेदन , संस्थाका मन्त्री भरतनारायण प्रधानले रेडक्रस दोलखा शाखाले सम्पन्न गरेका गतिबिधिहरु तथा कोषाध्यक्ष भीम केसीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साधारण सभाको अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा, नेपाल पत्रकार महासँघ दोलखा शाखाका पुर्व अध्यक्ष जीवन लामा , नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्षहरु श्रृजन कुमार घिमिरे र सिर्जना थापा खड्का , अग्रज पत्रकार बाबुराम शर्मा, भीमेश्वर एफएफमका स्टेशन म्यानेजर गोकर्ण भण्डारी र पत्रकार तारादेवी बस्नेतलगायत विभिन्न संघ संस्थालाई समेत सम्मान गरिएको थियो 

Shares

Be the first to comment on "४२ औं वार्षिक साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*