दोलखाको उच्च भागमा हिउँ प¥यो,हिउँले पर्यटकलाई ग¥यो स्वागत

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट (दीस) –दोलखाको उच्च भागमा हिउँ परेको छ । उच्च भागमा हिउँ परेसँगै दोलखामा चिसो महसुस भएको छ । जिल्लाका प्रसिद्ध पर्यटकिय स्थान कालिन्चोक , शैलुङ तथा अन्य भागमा हिउँ परेको हो । २ दिन देखी चिसो बढेसँगै जनजीवन कष्टकर भएको चरिकोटका स्थानीय राम प्रसाद न्यौपानेले बताए । हिजोबाट दोलखामा अध्याधिक चिसो बढेको उनले बताए । कालिन्चोकमा आजबाट हिउँ पर्न थालेको कालिन्चोकमा होटल व्यवसायी गर्दै आएका होटल व्यवसायी हरि ओलीले जानकारी दिए । दोलखामा हिउँ परेकसँगै राजधानी तथा देशका अन्य स्थानका पर्यटकको आगमन बढ्ने गरेको छ । शैलुङमा पनि हिउँ परेको स्थानीयले बताएका छन ।

 

Shares

Be the first to comment on "दोलखाको उच्च भागमा हिउँ प¥यो,हिउँले पर्यटकलाई ग¥यो स्वागत"

Leave a comment

Your email address will not be published.


*