चरिकोट (अनिल दहाल )–बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने भएको छ । बागमति प्रदेश सरकारले प्रस्तुत बजेटले सहकारीको दर्ता तथा नियमनको सहजताका लागि ललितपुरमा कार्यालय स्थापना हुने भएको हाे । आर्थिक तथा योजनामन्त्री कैलाश ढुंगेलले ललितपुरमा प्रदेश सहकारी कार्यालय स्थापना गर्ने बताएका हुन् । प्रदेशको मातहतमा रहेकाे धैरै सहकारी संघ / संस्थाकाे संख्या बागमती प्रदेशमा धैरै भएको हुनाले कार्यालय स्थापना हुने भएको हाे । ती संस्थाको नियमन गर्न हेटौडाबाट सम्भव नभएकाले उपत्यकामा कार्यालय स्थापना गर्नुपर्ने सहकारीकर्मीले माग गर्दै आएका थिए । यसरी काठमाडौ कार्यालय स्थापना हुदा प्रदेश स्तरका सहकारीकर्मी खुसी भएका छन।
बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने

Be the first to comment on "बागमति प्रदेश स्तरीय सहकारी विभागको कार्यालय ललितपुरमा स्थापना हुने"