अस्पताल व्यस्थापन सम्बन्धी चार निर्णय

ताजा समाचारको लागि फलो गर्नुहोस ।

बाबुराम शर्मा
चरिकोट, असार २९
दोलखाको सदरमुकाम चरीकोट स्थितको पशुपति चौलागाईँ स्मृति अस्पतालको व्यवस्थापन समितिले बुधबार आयोजना गरेको सर्बपक्षीय वैठकले अस्पताल व्यस्थापन सम्बन्धी चार वटा निर्णय गरेको छ ।
आर्थिक तथा स्वास्थ्य प्राविधिक व्यवस्थापन सम्बन्धी समस्या समाधानका लागि बसेको वैठकले तलब समेतका लागि नौ वटै स्थानीय तहलाई पाँच÷पाँच लाख रुपैयाँ सहयोग गर्ने पहिलो निर्णय भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर केसीले जानकारी दिनु भयो ।
प्रादेशिक अस्पताल भए तापनि दिनपरदिन आर्थिक अवस्था नाजुक हुँदै गएपछि सहज व्यवस्थापन गराउनका लागि बसेको वैठकले राजनीतिक दल र व्यवस्थापन समिति समेतले संघ र प्रदेसमा उचित व्यवस्थापन गरिदिन जोडदार माग गर्ने निर्णय गरेको जानकारी दिँदै अध्यक्ष केसीले भन्नु भयो, यसका लागि आवश्यक कागजात तयार पार्न उपसमिति गठन भएको छ । अस्पताल परिसरमा रहेको जिल्ला स्वास्थ्य कार्यालयलाई नजिकको पशिहलाको महिला तथा बालबालिकाको भवनमा सार्न प्रदेससमक्ष आग्रह गर्ने पनि निर्णय भएको छ ।
जिल्ला स्थितको अस्पतालले अहिलेसम्म सबै प्रकारका सेवा तथा औषधि प्रवाह गर्दै आएकोमा सम्बन्धित निकायको खासै साथ सहयोग नहुँदा अप्ठयारोमा पर्न लागेको अस्पतालालाई सबैको साथ सहयोग आवश्यक रहेको उहाँले जानकारी दिनु भयो ।

Shares

Dikshan Online TV

Be the first to comment on "अस्पताल व्यस्थापन सम्बन्धी चार निर्णय"

Leave a comment

Your email address will not be published.


*