दोलखा। दोलखा जारी अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकाले जितेको छ। जिल्लाको सदरमुकाम चरिकोटमा आज सम्पन्न फाइनल खेलमा बैत्यश्वर गाउँपालिकालाई ३–१ ले पराजित गर्दै विगुले उपाधि हात पारेको हो।प्रतियोगितामा तृतीय स्थान कालिञ्चोक गाउँपालिकाले हासिल गर्यो भने गौरीशंकर गाउँपालिकाले सान्त्वना स्थानमा चित्त बुझायो। प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहीबारदेखि सदरमुकाम चरिकोटस्थित कवर्डहलमा प्रतियोगिता सुरु भएको थियो। प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए भने समापन बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्लेको उपस्थितिमा सम्पन्न भएको हो।
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई

Be the first to comment on "अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई"