आगामी आर्थिक बर्षःदोलखाका स्थानीय तहले १ अर्ब ९१ करोड संघीय सरकारबाट प्राप्त गर्ने

चरिकोट (दीस) – दोलखाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२÷८३ मा संघीय सरकारबाट १ अर्ब ९१ करोड रुपैयाँ प्राप्त गर्ने भएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको राजस्व बाँडफाँट तथा वित्तीय समानीकरण योजनाअनुसार दोलखाका स्थानीय तहहरूले वित्तीय समानीकरणतर्फ १ अर्ब ८ करोड ७३ लाख र राजस्व बाँडफाँटतर्फ ८२ करोड ४३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
दोलखाका दुई नगरपालिका र सात गाउँपालिकाले राजस्व बाँडफाँट अन्तर्गत भीमेश्वर नगरपालिकाले १० करोड, जिरी नगरपालिकाले ८ करोड ९५ लाख, गौरीशंकर गाउँपालिकाले ११ करोड ४० लाख, कालिञ्चोक गाउँपालिकाले ९ करोड ३ लाख, तामाकोशी गाउँपालिकाले ८ करोड ३२ लाख, शैलुङ गाउँपालिकाले ८ करोड ८ लाख, बैतेश्वर गाउँपालिकाले ७ करोड ६० लाख, विगु गाउँपालिकाले ११ करोड ७० लाख र मेलुङ गाउँपालिकाले ७ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संघीय सरकारले दोलखाका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान अन्तर्गत भीमेश्वर नगरपालिकाले १५ करोड ८९ लाख, जिरी नगरपालिकाले १० करोड ८४ लाख, विगु गाउँपालिकाले १२ करोड २७ लाख, गौरीशंकर गाउँपालिकाले १२ करोड १२ लाख, तामाकोशी गाउँपालिकाले ११ करोड ४७ लाख, शैलुङ गाउँपालिकाले ११ करोड २४ लाख, कालिञ्चोक गाउँपालिकाले १२ करोड ५५ लाख, बैतेश्वर गाउँपालिकाले ११ करोड २१ लाख र मेलुङ गाउँपालिकाले ११ करोड १४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । संविधानअनुसार संघीय सरकारले स्थानीय तहलाई आन्तरिक उत्पादनमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट प्राप्त रकमको १५ प्रतिशत राजस्व बाँडफाँट गर्ने व्यवस्था छ । भूगोल, जनसंख्या तथा अन्य सूचकहरूका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अनुदानको सूत्र निर्धारण गर्ने गर्दछ । सरकारले आर्थिक वर्ष २०८२÷८३ मा ७५३ वटा स्थानीय तहलाई ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ राजस्व बाँडफाँट र ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान वितरण गर्ने अनुमान गरेको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "आगामी आर्थिक बर्षःदोलखाका स्थानीय तहले १ अर्ब ९१ करोड संघीय सरकारबाट प्राप्त गर्ने"

Leave a comment

Your email address will not be published.


*