आन्दोलनरत मजदुर तथा ठेकेदार कम्पनी बीच सहमति

चरिकोट (दीस) – तामाकोशी पाँचौं जलविद्युत् आयोजनामा कार्यरत मजदुर तथा ठेकेदार कम्पनी सिनो हाइड्रोबीच श्रमिकका माग सम्बोधन गर्ने सहमति भएपछि एक सातादेखि अवरुद्ध काम पुनः सुचारु भएको छ । सहमति मंगलबार सम्पन्न भएको हो ।
सम्झौताअनुसार, आयोजनामा खटिने नेपाली मजदुरलाई नेपालको प्रचलित श्रम ऐनअनुसार सेवा सुविधाहरू उपलब्ध गराउने सहमति भएको मजदुर अगुवा जीवन मगरले जानकारी दिनुभयो । सहमतिअनुसार, नेपाल सरकारले तोकेको ८ घण्टा श्रम गरेबापत श्रम ऐनअनुसार पारिश्रमिक उपलब्ध गराइने छ ।
वार्षिक रूपमा ज्याला वृद्धि, दुर्घटना बिमा, चाडपर्व खर्च, औषधि उपचार बिमा, किरिया बिदा तथा सुत्केरी बिदाजस्ता श्रम ऐनमा उल्लेख भएका सुविधा प्रदान सहमति भएको उल्लेख गरिएको छ ।
मजदुरहरूले विभिन्न माग राख्दै आन्दोलन गरेपछि तामाकोशी पाँचौं आयोजनाका सम्पूर्ण काम एक सातादेखि ठप्प भएका थिए । अब सहमतिसँगै अवरुद्ध काम पुनः सञ्चालन भएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "आन्दोलनरत मजदुर तथा ठेकेदार कम्पनी बीच सहमति"

Leave a comment

Your email address will not be published.


*