चरिकोट(दीस) – आफ्नो आमाको बार्षिकीको अवसर पारेर शिक्षिका शान्ता पाण्डेले आवाज नेपालद्धारा संञ्चालित स्नेह केन्द्रमा पाँच हजार रुपैया सहयोग गरेकी छन् । दोलखाको सदरमुकाम चरिकोटमा रहेको हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण गर्दै आएको स्नेह केन्द्रमा सो संस्थाकी अध्यक्ष सिर्जना कार्कीलाई पाण्डेले आज उक्त रकम हस्तान्तरण गरेकी हुन । उनकी आमा चन्द्र कुमारी थापा गत बर्ष निधन भएको थियो । हिंसा पीडित महिला तथा बालबालिकालाई सहयोग पुगोस भनेर रकम हस्तान्तरण गरिएको पाण्डेको भनाई रहेको छ । दाताको सहयोगले केन्द्र चलाउन सहयोग पुग्दै आाएको अध्यक्ष कार्कीले बताइन । केन्द्रले हिंसा पीडित महिला तथा बालबालिकालाई संरक्षण गर्दै आएको छ ।
Be the first to comment on "आमाको बार्षिकीमा स्नेह केन्द्रलाई पाण्डेको पाँच हजार रुपैया सहयोग"