सिन्धुली (दीस) ः जबरजस्ती करणी गरेको अरोप लागेका एक युवकलाई प्रहरीले पक्राउ गरी सिन्धुली ल्याएको छ । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी रहेका छन् । उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । नेपाल प्रहरीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । उनी विरुद्व प्रहरीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मुद्दा परेको थियो । मुद्दा परेपछि फरार रहेका इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । पक्राउ परेका बुढाथोकीलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको छ । बुढाथोकीलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका युवक पक्राउ

Be the first to comment on "इन्टरपोलबाट रेड नोटिस जारी भएका युवक पक्राउ"