एजेन्सी । फ्रान्स विश्वकप फुटलबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो ।फ्रान्सलाई जित दिलाउन एन्टोइनी ग्रिजम्यान र राफेयल भरानेले गोल गरे । पहिलो हाफमा १ गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप १ गोल गर्दै जित शुनिश्चित गरेको हो ।फ्रान्सका लागि राफेयल भरानेले गोल गर्दै १–० गोलको दिलाएका थिए । राफेयल भरानेले खेलको ४० औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा उरुग्वेले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।पहिलो हाफमा उरुग्वेले एकपछि अर्को बल प्रहार गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्सले पनि गोल गर्ने राम्रो अवसर खेर फालेको थियो ।खेलको ६१औं मिनेटमा ग्रिजम्यानले डिबक्स बाहिरदेखि प्रहार गरेको बल गोलमा परिणत भएको हो । उरुग्वेका गोलकिपरको कमजोरीका कारण गोल हुन पुग्यो । किपरले बललाई रोक्ने प्रयास गरेका थिए । तर हातबाट बल चिप्लिएर पोष्टभित्र छिरेको थियो ।दोस्रो हाफमा पनि उरुग्वेले गोल गर्ने राम्रो अवसर सिर्जना गरेको थियो । तर गोल गर्न भने सकेन । फ्रान्ससँग पराजित भएसँगै उरुग्वे विश्वकपबाट बाहिरिएको छ ।
उरुग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
Posted By: दीक्षण दैनिक २२ असार २०७५, शुक्रबार २२:३७
२९ भाद्र २०८१, शनिबार १८:३३
वक्तृत्वकला प्रतियोगितामा शहीद स्मृति मावि जिरीकी मेलिसा ढुङ्गेल प्रथम
२९ भाद्र २०८१, शनिबार १९:३१
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन
२९ भाद्र २०८१, शनिबार ०९:२७
‘आहा ! जिरी मनमोहक रहेछ’
२९ भाद्र २०८१, शनिबार २०:०१
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न
२९ भाद्र २०८१, शनिबार ०९:२३
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
२९ भाद्र २०८१, शनिबार ०९:१९
छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस
२९ भाद्र २०८१, शनिबार ०९:१४
झापामा दुई दिनमा दुई जनाको हत्या
२९ भाद्र २०८१, शनिबार ०९:०९
तरकारी खेतीबाटै उर्मिलाले चलाउँदै घर, छोराछोरीलाई पढाउँदै डाक्टर र इन्जिनियर
२९ भाद्र २०८१, शनिबार ०९:२१
सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री
२९ भाद्र २०८१, शनिबार ०९:१५
Be the first to comment on "उरुग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश"