ओभरलोडको समस्यामा प्राधिकरण

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–नेपाल विद्युत प्राधिकरण दोलखा शाखा अहिले विद्युत ओभरलोडको कारणले हैरानी खेप्दै आएको छ । क्षमता भन्दा बेसी विद्युत प्रवाह भएपछि ओभरलोड भएको हो । ओभरलोडको कारण शाखाले विभिन्न समस्या भोग्दै आएको छ । शाखाले असारमा हाल दोलखामा उत्पादन भएका ६ वटा विद्युत गृहलाई पत्र लेखेर विद्युत घटाउन समेत अनुरोध गरेको छ । दोलखामा विद्युत ओभरलोडको कारण विद्युत आपुर्ती समेत असर परेको नेपाल विद्युत प्राधिकरण दोलखा शाखा इन्जिनियर उमेश श्रेष्ठले बताए । अहिले दोलखाको विद्युतको टा«न्समिसन लाइन क्षमता १४ मेघावट रहेको छ । वर्षाको समय दोलखामा अहिले १७ मेघावट भन्दा बेसी विद्यूत उत्पादन हुने गरेको छ । “हाम्रो क्षमता भन्दा बढी विद्यृत उत्पादनको कारण हामी ओभर लोडको समस्या छौ ” इन्जिनियर श्रेष्ठले भने । ओभर लोडको प्राधिकरणले तार चुडिने तथा ट्रान्समिटर लाइनमा समस्या भोग्दै आएको बताएको छ । त्यसको असर स्वरुप दोलखामा विद्यूत आपुर्ती नियमित गर्न समस्या आएको श्रेष्ठले दाबी गरे । “ओभर लोडका कारण दोलखाका ६ बटा विद्युत गृहलाई आफनो क्षमता भन्दा कम विद्युत प्रवाह गर्न अनुरोध गरेका छौ –इन्जिनियर श्रेष्ठले भने । ”
मूख्य समस्या प्रसारण लाइन तथा सिंगटीको सबस्टेशन
२ वर्षमा पूरा गर्नुपर्ने प्रसारण लाइन ८ वर्षसम्म निर्माण नहुँदा यस्तो समस्या आएको हो । दुई वर्षमा पूरा गर्ने गरी ८ वर्ष अघि सम्झौता गरेको सिङ्गटी–लामोसाँघु प्रसारण लाइनको काम सुरु समेत हुन सकेको छैन । यदी यो प्रसारण लाइन छिटै नबनेमा झन समस्या आउने इन्जिनियर श्रेष्ठले बताए । प्रसारण लाइन र सिंगटीको सबस्टेशन निर्माण सम्पन्न छिटै भएमा विद्युतमा समस्या समाधान हुने इन्जिनियर श्रेष्ठले बताए ।
प्रसारण लाइन नबन्दा विद्युत खेर
अर्को तर्फ प्रसारण लाइन नबन्दा दोलखाको उत्तरी क्षेत्रमा बनेका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत खेर गइरहेको छ । दोलखाको उत्तरी क्षेत्रमा उत्पादन हुने जलविद्युतकै लागि लक्षित गरी नेपाल विद्युत प्राधिकरणले सिङ्गटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनको ठेक्का लगाएको हो । प्रसारण लाइन सिंगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्म ४० किलोमिटर मात्र रहेको छ । प्रसारण लाइनमा १ सय २१ वटा टावर मध्ये हालसम्म ६० वटाको मात्र फाउण्डेसन तयार भएको छ ।
सिङ्गटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलका अनुसार विद्युत प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २ वर्ष्भित्र प्रसारण लाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने रहेको छ ।
सम्झौता अनुसार सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करिब ४२ करोड रुपैयामा अरावलीले ठेक्का लिएको हो । तर कम्पनीले सबस्टेसनको ८० प्रतिशत काम गरेको छ भने प्रसारण लाइनको खासै काम हुन सकेको छैन ।
समयमा काम पूरा नगरेपछि प्राधिकरणले ठेक्का तोड्ने प्रक्रियामा समेत गएको थियो । तर निजी क्षेत्रका अयोजनाका प्रबद्र्धकहरुले नै नयाँ ठेक्का लगाउँदा झन लामो प्रक्रिया हुने हुँदा त्यसैलाई म्याद थप गर्न दबाब दिएका थिए । उसको म्याद थप गरेर निर्माणाधिन जलविद्युत आयोजनाका प्रबद्र्धकले नै त्यसको काम ३ वर्ष अघिदेखि गरे तापनि कामले गति लिन सकेको छैन ।
आयोजना प्रमुख ढुङ्गेलले आउँदो पुससम्ममा आयोजनाको काम पूरा हुने दाबी गरे । ठेकेदारले कामको गति बढाउने प्रतिबद्धता गरेकाले एक दसैंपछि ठावर उठाएर तार तान्ने काम सुरु हुने बताए ।
ठेकेदार कम्पनी पहिलो पटक म्याद थप भएपछि सम्पर्क विहीन छ । थपिएको म्याद सकिदासम्म पनि प्रसारण लाइन र सव स्टेशन तयार नहुँने भएपछि जलविद्युत आयोजनाका प्रवद्र्धकहरुले आफैंले चासो लिए । खानी खोला (४० मेगावाट) विद्युत आयोजनाको प्रबद्र्धकहरु आफैं प्रसारण लाइनको ठेकेदार भेट्न पटक पटक दिल्ली पुगे ।
प्रसारण लाइन र सव स्टेशन नभएको निहुँ बनाउँदै केही आयोजनाका प्रबद्र्धकहरुले आयोजनाको काम सुस्त बनाएका छन् । सुपर ६ आयोजनाको रुपमा लिएको कन्स्टोरियम पावर डेभलपर्सले लिएको २४ मेगावाटको खारेको काम सुरु गरेकै छैन । त्यस्तै सर्वसाधरणको उल्लेख्य संस्थापक पुँजी संकलन गरेको ११ मेगावाटको तल्लो खारेको प्रबद्र्धक युनिभर्सल पावर कम्पनीले लगानीकर्ताको आँखामा छारो हाल्न काम सुरु गरे जसो मात्र गरेको छ ।
५ मेगावाटको घट्टे खोला पनि २०७३ असारसम्म पूरा गर्नु पर्ने भए तापनि कामको गति सुस्त छ । ३० मेगावाटको खानी खोलाको काम पनि सुस्त छ । ११ मेगावाटको सिंगटी खोलाको डेढ वर्षदेखि काम गर्दै आएको छ । ७ मेगावाटको सुरी खोलाको काम सुरु गर्ने तयारीमा छ ।
प्रसारण लाइन र सव स्टेशनकै कारण ४ वर्षदेखि १० मेगावाटको सिप्रिङ खोलाबाट उत्पादित विद्युत खेर गइरहेको छ । सिप्रिङको विद्युत केही माथिल्लो तामाकोसीले प्रयोग गरे तापनि अन्य विद्युत वर्षात्मा खेर जान्छ । त्यस्तै प्रसारण लाइन समयमा पूरा नभए ४० मेगावाट क्षमताको माथिल्लो खानी खोलाका प्रबद्र्धकलाई असर पर्छ । माथिल्लो खानी खोलाको काम ८० प्रतिशत पूरा भइसकेको छ ।

Shares

Be the first to comment on "ओभरलोडको समस्यामा प्राधिकरण"

Leave a comment

Your email address will not be published.


*