काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य संख्या थपेका छन् । हाल रहेको ४ सय ४६ केन्द्रीय कमिटीमा उनले ५ सय ५६ जना थपेका हुन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती केन्द्रीय सदस्यहरुले सपथ पनि लिएका छन् ।हालको केन्द्रीय कमिटीमा ओली पक्ष अल्पमतमा छ । प्रचण्ड र माधव नेपाल पक्षधरको केन्द्रीय कमिटीमा दुई तिहाईको संख्या छ । नेकपा विभाजन हुने अवस्था बनेपछि ओलीले पार्टीको नाम, झण्डा र चुनाव चिन्ह आफैसँग लिन यस्तो रणनीति अपनाएको बुझिएको छ ।निर्वाचन आयोगमा पार्टी विभाजनमा बहुमत केन्द्रीय कमिटी सदस्य हुने पक्षले नाम र चुनाव चिन्ह प्राप्त गर्ने प्रावधान छ । हाल प्रतिनिधिसभा नरहेकाले केन्द्रीय कमिटीको पकड अनुसार निक्र्यौल हुन्छ ।
Be the first to comment on "ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे"