कतै तपाईंले दिनदिनै गर्दन झुकाउने त गर्नुभएको छैन

ताजा समाचारको लागि फलो गर्नुहोस ।

एजेन्सी– दिनमा चारदेखि पाँच घन्टासम्म गर्दन झुकाएर मोबाइल चलाउने मानिसलाई काँध र पिठ्युँमा समस्या देखिने गरेको छ ।

अस्ट्रेलियामा हालै २३० मानिसमाथि गरिएको एक अनुसन्धानले मोबाइल फोन प्रयोग गर्दा गर्दन झुकेको र पिठ्युँ खुम्चिएको अवस्था रह्यो भने शरीरका अनेकौं ठाउँमा पीडा हुने देखाएको छ । टेक्स्ट सिन्ड्रोम वा टेक्स्ट नेक भनिन्छ ।
अनुसन्धानमा यो रोगबाट पीडित मानिसको संख्या तीव्र गतिमा बढिरहेको देखिन्छ ।

अहिलेको पुस्ताको ५० प्रतिशत मानिस टेक्स्ट नेकको शिकार भएको देखिन्छ । मानिसलाई गर्दन र काँधमा पीडा भएजस्तो लाग्छ तर आफूहरू टेक्स्ट नेकको शिकार भएको उनीहरूलाई थाहै हुँदैन ।

स्मार्टफोनको लगातार प्रयोगले मानिसलाई बिरामी बनाउँदै लगेको छ । मोबाइलमा झुण्डिरहँदा गर्दन र काँध यताउता घुमाउन नै समस्या हुने मानिसहरू बढिरहेका छन् ।

टेक्स्ट नेक सिन्ड्रोमको उपचार नगर्दा ढाडको हड्डी कमजोर हुन थाल्छ अनि मांसपेशी कक्रक्क पर्ने र हात सुन्निने समस्या आउँछ । टेक्स्ट पठाउन वा च्याटिङ गर्नका लागि गर्दनलाई लामो समयसम्म अघिल्तिर झुकाउँदा सर्भाइकलमा समस्या आउँछ ।

खराब पोस्चरका कारण गर्दन र मेरुदण्डको हाडमा बारम्बार तनाव पर्दा समस्या आउँछ । शुरुमा टाउकोमा पीडा र काँध गर्दनको समस्या हुन्छ । अनि बिस्तारै मेरुदण्डको हाड बांगिन थाल्छ । शुरुमै यो समस्यामा ध्यान दिइएन भने स्लिप डिस्कको समस्या हुन्छ ।

टेक्स्ट नेकका धेरजसो केसमा फिजियोथेरापी र औषधिमार्फत उपचार हुन्छ तर अनेक केसमा सर्जरी गर्नुपर्छ । टाउकोको भार गर्दन र मेरुदण्डले बोक्छन् । त्यसैले टाउको अघिल्तिर झुकाउँदा गर्दन र स्पाइनमा असर पर्छ र त्यो बांगिन्छ ।

एजेन्सी

Shares

Be the first to comment on "कतै तपाईंले दिनदिनै गर्दन झुकाउने त गर्नुभएको छैन"

Leave a comment

Your email address will not be published.


*