चरिकोट(दीस) –नेपाली कांग्रेस दोलखाले आफ्ना कार्यक्रता रिहाको माग गर्दै आज पनि सदरमुकाम चरिकोटमा नाराबाजी गरेको छ । आज नाराबाजीमा नेपाली कांग्रेस कार्यक्रता र प्रहरी बिच मुड भेड भएको थियो । मुड भेड भएपछि सदरमुकाम चरिकोट तनाबग्रसत बनेको थियो । नेपाली कांग्रेसले ३ दिन देखी आफ्ना कार्यक्रताको रिहाको माग गर्देै चरिकोटमा आन्दोलन गर्दै आएको छ ।यस अघि चरिकोटमा नै आइतबार दिउँसो निषेधाज्ञाकै समयमा खानेपानी माग्दै रित्ता गाग्रीसहित प्रदर्शनमा भएको छ। ज्ञापन पत्र बुझाउने क्रममा गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ र स्थानीय बीच विवाद हुने क्रममा अध्यक्ष माथि दुव्र्यवहार भएको भन्दै ५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ गरेको विरोध गर्दै आईतबार चरिकोटमा रित्तो गाग्री सहित स्थानी प्रर्दशनमा उत्रिएका हुन्। खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेको नेतृत्वमा गाउँपालिका अध्यक्ष श्रेष्ठ बीच विवाद भएको थियो। सो क्रममा अध्यक्ष श्रेष्ठलाई दुव्र्यवहार र हातपात गर्न खोजेको भन्दै ५ जना स्थानीयलाई प्रहरीले पक्राउ गरेको थियो।
कार्यक्रता रिहाको माग ः चरिकोटमा नेपाली कांग्रेसका कार्यक्रता र प्रहरी बिच मुढ भेड

Be the first to comment on "कार्यक्रता रिहाको माग ः चरिकोटमा नेपाली कांग्रेसका कार्यक्रता र प्रहरी बिच मुढ भेड"