चरिकोटमा तराई मूलको देखिने बेबारिसे लाश फेला

असार २२, चरिकोट । तराई मूलको देखिने एक बेबारिसे लाश सदरमुकाम चरिकोटमा फेला परेको छ । शुक्रबार साँझ करिब साढे ५ बजेतिर भीमेश्वर नगरपालिका–३, तरकारी बजार नजिकै रहेको खोल्सीमा करिब ३ दिन अघि मृत्यु भएको अनुमान गरिएको पहिचान नखुलेको एक अधबैंसे तराई मूलको लाश फेला परेको दोलखाका प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकले जानकारी दिए ।घटनास्थल मुचुल्का गरी लाशलाई पोष्टमार्टमको लागि सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार निर्माण मजदुरको रुपमा जिल्ला भित्रिएको व्यक्ति हुन सक्ने देखाएको छ ।

Shares

Dikshan Online TV

Be the first to comment on "चरिकोटमा तराई मूलको देखिने बेबारिसे लाश फेला"

Leave a comment

Your email address will not be published.


*