चरिकोट (दीस) ः चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिको १३औं साधारण सभाले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। समितिको अध्यक्षमा बद्री कुमार श्रेष्ठ चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा देवकृष्ण थापा, उपाध्यक्षमा बाबुराम शर्मा, सचिवमा मखन पाण्डे, कोषाध्यक्षमा दीपशंकर चौलागाई, र सहसचिवमा मिना श्रेष्ठ चयन हुनु भएको छ । त्यसैगरी , वरिष्ठ सदस्यमा ज्ञानेन्द्र खड्का र अन्य सदस्यहरूमा नारायण थापा, नविन श्रेष्ठ, राजु लामा, हहिर बस्नेत, राजकुमार श्रेष्ठ, जगत थामी, हरी बहादुर श्रेष्ठ, बालकुमारी श्रेष्ठ, लिला बहादुर श्रेष्ठ, गणेश थापा, र यादव दहाल चयन हुनु भएको छ । साधारण सभाले सल्लाहकार समिति पनि गठन गरेको छ , जसको संयोजक चिरन्जीवी मास्के चयन हुनु भएको छ । सल्लाहकार सदस्यहरूमा , नबराज (मिन बहादुर श्रेक्ष्ठ) , रमेश खतिवडा, नारायण भक्त श्रेष्ठ, सविना मानन्धर, राजेश थापा, रामकृष्ण श्रेष्ठ, र पेमा लामा चयन गरिएको निर्वाचन समितिले जनाएको छ।
चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन

Be the first to comment on "चरिकोट खानेपानी तथा उपभोक्ता सरसफाई समितिमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन"