जनकपुर – जनकपुरदेखि भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ । नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले बिहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल (डीजी) बलराम मिश्र तथा भारतीय राजदूत मञ्जिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणाधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थिए । राजदूत पुरी जनकपुर नजिकैको प्लेटफर्म पुगेर फर्किएका थिए । अन्य अधिकारी र प्राविधिक जयनगरसम्मै पुगे ।जनकपुर रेलवे विस्तार तथा स्तरोन्नति परियोजना भारत सरकारको सहयोगमा अघि बढाइएको हो ।
Be the first to comment on "जनकपुरबाट गुड्यो रेल"