चरिकोट (दीस)– दोलखाको भीमेश्वर नगरपालिकामा मुख्य कार्यालय रहेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोलखा सदरमुकाम चरिकोटको सातदोबाटोमा रहेको अदिति कम्प्लेक्सको भवनमा नगद संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । शेयर सदस्यहरुलाई छिटो छरितो र प्रविधियुक्त सेवा उपलब्ध गराउने उद्देश्यले नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको हो ।सेवा केन्द्रबाट शेयर सदस्यहरुले बचत जम्मा तथा ऋणको ब्याज तथा किस्ता भुक्तानी गर्न सकिने हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले जानकारी दिए । त्यैगरी संस्थाले सामजिक उत्तर दायित्व अन्तर्गत भीमेश्वर नगरपालिका संगको समन्वयमा नगरपालिकाको वडा नम्बर–५, को मिल घुम्ती र कात्र्तिकेमा नागरिक प्रतिक्षालय निर्माण गरी शनिबार एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ लिमिटेडका सञ्चालक जिवसराज खड्का, संस्थाका संञ्चालक तथा कर्मचारिहरु सहभागिता रहेको थियो ।
Be the first to comment on "जनकल्याण साकोसले ल्यायो सातदोवाटोमा नगद काउन्टर"