चरिकोट ः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ। बिहीवार दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँट तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले सो कुरा बताउनुभएको हो। प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई उत्पादनसँग जोड्न सक्यौ भने मात्र देशले समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलोपटक बाग्मती प्रदेशका १३ जिल्लामै यस्तो कार्यक्रम सुरु गरेको थियो । आगामी दिनमा प्रदेश सरकारले दीर्घकालीन योजनामा मात्र बजेट बिनियोजन गरिने बताउदै मन्त्री काफ्लेले आवश्यकता हेरेर योजना निर्माण गरिने बताउनुभयो । स्थानीय सरकारले योजना छ्नोट गर्दा प्राथमिकताका साथ छनोट गर्नुपर्ने उहाँको भनाई छ। जिल्लामा नभएका प्रदेश सरकारका विभिन्न कार्यलयहरु जिल्लामा नै स्थापना गर्ने तयारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय तहले उत्पादन क्षमता बढाउने र उत्पादनसँग जोडिने गरी काम गर्नुपर्छ, उत्पादनकाे क्षेत्रमा काम नभएसम्म राेजगारी सिर्जना नहुने उहाँले बताउनुभयो । हामिले गरेको आन्दोलनबाट देशमा ठुला ठुला परिवर्तन भएको बताउदै उहाँले देशमा केही नभएको जस्तो हल्ला गरिएको उहाँले बताउनुभयो । आन्दोलन गर्दैगर्दा ,राम्रा काम प्रचार हुन नसकेको बताउदै काफ्लेले नराम्रो कामको बढी प्रचार हुने गरेको बताउनुभयो। कार्यक्रममा बाग्मती प्रदेशका अर्थ सचिव कृष्ण प्रशाद मैनालीले प्रदेश सरकारको आन्तरिक आय बढाउने प्रमुख उदेश्य रहेको बताउनुभयो । स्थानीय सरकारको दृष्टिकोण अन्य सरकारको जस्तो हुनुपर्ने बताउदै मैनालिले ग्रामीण अर्थतन्त्र बलियो बनाए मात्र देशको अर्थतन्त्र बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, स्थानीय तहको आयस्रोत धेरै रहेको छ, ढुङ्गागिटी मात्र नभएर कृषि क्षेत्र स्थानीय तहको आयस्रोत हो। आन्तरिक आय बढाउन स्थानीय तह र प्रदेश सरकार समन्वय गर्नुपर्ने उहाँको भनाइ छ ।प्राकृतिकको संरक्षण गरे मात्र राजस्व बढ्ने भएकाले स्थानीय सरकार बलियो बनाउन राजस्व दर बढाउनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रम दोलखाबाट निर्वाचित जनप्रतिनिधिले स्थानिय तह र जिल्ला राजस्व बाडफाड र प्रदेश सरकारका बिकास निर्माण र योजनाहरुको बिषयमा जिज्ञासा राख्नुभएको थियो ।
जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले

Be the first to comment on "जनतालाई उत्पादनसँग जोड्न सके मात्र समृद्धिको लक्ष्य हासिल हुन्छ : मन्त्री काफ्ले"