जनतासँग सुका लिएर रुपैंया बनाएर दिन्छौं,सबैको छलफलमा सबैलाई पायक पर्ने गरी केन्द्र चाँडै टुङ्ग्याउँछौं ।

विनकुमार थामी अध्यक्ष, कालिञ्चोक गाउँपालिका

ताजा समाचारको लागि फलो गर्नुहोस ।

अहिले स्थानीय तहका जनप्रतिनिधी ऐन नियम बनाउन ब्यस्त रहेका छन । यही सेराफेरोमा दोलखाको कालिन्चोक गाँउपालिका अध्यक्ष बिन कुमार थामीसँग दीक्षण गरेको अन्तबार्ता
विनकुमार थामी
अध्यक्ष, कालिञ्चोक गाउँपालिका

गाउँपालिकामा निर्वाचित भएको १० महिना भयो यो अवधीमा केके गर्नु भयो ?
बैठकहरु नियमित गरौं, गाउँ सभा भयो, नीतिहरु बनायौं । नीति तथा र्कायक्रम सावैजानिक गयौ। त्यसको लागि हामीले स्थानीय तहमा देखिएका आधारभुत समस्यामा र स्थानीय जनताको समस्यालाई केलाएर ल्याइएको हो । यसमा हामीले मुख्यत कृषिलाई प्रथामिकता दिएका छौँ । यो योजना राज्यको चौधौं योजनामा जोडेर जनताको स्थानीय तहमा भएका योजना कसरी गर्न सकिन्छ भनेर नीति तथा कार्यक्रम सार्वजानिक गरेका छौँ । गाउँपालिकाको सबैभन्दा ठुलो नै नीति तथा कार्यक्रम हो । नीति तथा कार्यक्रम अन्र्तगत हामीले विभिन्न पक्षलाई अबलम्वन कार्यक्रम अगाडि सारेका छौँ । हामीले सबैभन्दा प्रथामिकता कृषिलाई दिएका छौ । जवसम्म कृषिको विकास हुदैन तबसम्म अरुको विकास हुदैन । अहिले हाम्रा कालिन्चोक गाउपालिकामा ३२ हजार गापामा अधिकांस जनता कृषि पेसामा आधारित छन् । पहिलो चौरी महोत्सव ग¥यौं ।
कालिञ्चोक गाउँपालिकाका प्राथमिकता चाँही केके हुन् ?
जबसम्म हामीले कृषकलाई माथि उठाउन सक्दैनौ तवसम्म अरु विकास को परिकल्पना गर्न सक्दैनौ । चौरी महोत्सवको उद्देश्य पनि उदेश्य कृषि पेसामा संलग्न भएका कृषकका आत्मसम्मान होस र प्रचारप्रसार होस भन्ने मुख्य उदेश्य हो । एउटा कृषकले एक दिनको दुध उत्पादन धेरै दुख गर्नपर्छ । लेकमा खाने कुरा हुदैन खाना बोकेर लगेर खानु पर्छ । उहाँहरुले उत्पादन गरेको चीज, चुर्पी हामी खान्छौ तर कसरी बनाउँछ हामीलाई थाहा छैन । किसानसँग आवद्ध भएर चौरी महोत्सव सम्पन्न गर्यौ र महोत्सव सम्पन्न गरेपछी हामीले किसानहरुलाई किसान परिचय पत्र प्रधान गर्यौ । कुनै पनि किसानले बार्षीक उत्पादन गरेर २ लाखसम्मको बिक्री वितरण गरेको छ भने हामीले किसान परिचय पत्र प्रधान गरेका छांै ।
कुनै पनि किसानले १५ वा २० वर्ष एउटै पेशा निरन्तर बढाइ रहन्छ भने कालिञ्चोक गाउँपालिकाको फण्ड र किसानको फन्ड संयुक्त राखेर किसाँँनहरुलाई नै पेन्सनको व्यवस्था गरेको छ । यो ४ वर्षमा भित्रमा ३ वस्तु मासु, दुध , अण्डामा आत्मार्निभर बन्ने र वजारमा निर्यात गर्ने कालिञ्चोक गाउपालिकाको लक्ष्य रहेको छ । हामीले स्थानीयस्तरमा कुन किसानले के गर्ने भनेर किसानहरुकै इच्छामा मागपत्र पनि मागेका छांै र उँहाहरुले पठााउनु पनि भएको छ । जसले १० लि भन्दा माथी दुध बेच्नु हुन्छ उहाँहरुलाई प्रति लि ३ रुपैया अनुदान दिने व्यवस्था गरेका छांै ।
हाम्रो आर्को प्राथमिकता शिक्षामा रहेको छ हरेक नागरिक जब सम्म शिक्षित बनाउन सक्दैनौ तबसम्म विकासको आधारविन्दु नै तयार गर्न सक्दैनौ भनेर कालिञ्चोक गाउँपालिकाले शिक्षा ऐन तयार गरेका छांै । यसमा हामीसँग ५३ वटा विद्ययालय रहेका छन् यसमा सरकारी ५१ वटा आवसीय २ वटा विद्ययालय रहेका छन् । हामीले ५१ वटा विद्ययालयमा शिक्षामा दरार रहेकको छ त्यसमा हामीले पाठ्यपुस्तक भिन्नता देख्यौ । त्यसले हामीले बाल कक्षा र कक्षा १ मा चै आवसीयमा जुन पुस्तक पढाइ हुन्छ सरकारीमा पनि त्यही पुस्तक पढाउनको सुरु गरेका छौं ।
ति पुस्तक गाउँपालिका आफैंले खरिद गरेर वितरण गरेका छौं । त्यसपछि प्रत्येक विद्ययालयका प्रधानाध्यापक र व्यवस्थापन समितिसँग वैठक बस्यांै । प्रधानध्यापकहरुले सकारात्मक विचार राखेपछि हामीले यस्लाई लागु ग¥र्यौ । शिक्षकहरुलाई पनि ३ दिने अभिमुखीकरण गरेका छौं । हाम्रो कार्यकालमा ५ कक्षा सम्म अङग्रेजीबाट नै पठनपाठन गर्ने हाम्रो लक्ष्य रहेको छ ।
५ कक्षा सम्म अङ्ग्रेजीबाटै गर्ने भन्नुभयो फेरी तपाईहरुको गाँउपालीका थामीहरुको बाहुल्यता क्षेत्र पनी हो त्यँहा एक मात्र संस्कृत विद्ययालय पनी छ यसलाइ कसरी व्यवस्थापन गर्नुहुन्छ ?
अहिले भाषा संरक्षण गर्ने पक्ष हो । हिजोको प्रतिष्पर्धा जिल्ला, वडा या देशमा हुन्थ्यो तर अहिले विश्वभरी प्रतिष्पर्धा गर्नुपर्छ । हामीले अङ्ग्रेजीलाई प्राथमीकता दियांै र हाम्रो थामी, सस्कृती भाषाहरुको संरक्षण गर्ने काम रहेको छ । कालिञ्चोक गाउँपालिकामा हामी थामी भाषा र सस्ंकृती भाषालाई पनि अगाडी बढाउने नै छांै । आज अङ्ग्रेजी भाषा विश्व भाषा भइरहदा हामीले चाइनीज भाषालाई पनि प्रोत्साहन गर्नुपर्छ भन्ने पक्षमा छौं ।
थामी, सस्ंकृती, अङ्ग्रेजी, चाइनीज र नेपाली भाषालाई संरक्षण गर्नु नै हाम्रो लक्ष्य रहेको छ । अर्को जो हाम्रो नागरीकहरु ८ कक्षा र ९ कक्षा पढ्दा पढ्दै विविध कारणले विवाह भयो या विदेशिनु प¥यो या कक्षा छाडन् प¥यो भने ति कक्षा छाड्नेहरुलाई पनि एसइइ परीक्षा दिन्छु भन्नेहरुलाई त्यसेको व्यवस्था गर्ने र त्यसपछि प्राविधिक विषय पढ्नु उनीहरुलाई प्रोत्साहित गरिन्छ । हाम्रो कालिञ्चोक गाउपालिकामा यस्ता नागरिकहरु कति रहेका छन भन्ने विषयमा टिप्पोट भइसकेको छ । हामीले कालिञ्चोक गाउँपालीकामा प्राविधिक शिक्षालाई फोकस गरेका छांै ।
त्यसोहुनाले ३ वर्षे वाली विज्ञान हाल कालिञ्चोक गाउपालीकाको वडा नं ५ मा लापीलाङ उच्च मावीमा रहेको छ त्यसमा यो वर्षदेखि सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको छ । त्यसपछी हामीले अन्य १८ महिने तालीमहरु अरु विद्यालयमा पनी सञ्चालन गर्न छलफल गरेका छांै । हामीसँग रहेको साविकको ६ वटा गाँउविकास समितिमा “एक गाउँ एक शिक्षालय ” हाम्रो नारा छ । अन्य विद्यालयहरुमा अरु स्वास्थ्य र अमीन विस्तार गर्ने कार्याक्रम पनि राखेका छौ । यस गाँउपलिकामा उत्कृष्ट अङ्क ल्याएर उत्कृष्ट विषयवस्तु पढ्ने २ वटाविद्याथीलाई प्रतीविद्यार्थी १ लाख रुपँया छात्रवृद्वीको व्यवस्था गरेको छौ । कालिञ्चोक गाँउपालिकामा रहेका उच्चतम विषयवस्तु पढ्ने विद्यार्थीलाई यो काममा सहज होस भन्ने हिसाबले हामीले यो कामलाई अगाडी बढाएका हांै । शिक्षाको क्षेत्रमा हामीले गरेका क्रियाकलाप यही हो भने अर्को हाम्रो भुकम्प पछि धेरै भवनहरु ग्रस्त छन । शिक्षा कार्यालयसँग ति भवनका लागी हामीले पटक पटक छलफल गरिरहेका छौ । ति भवन बनाउनका निम्ती हामी लागी रहेका छौ र भौतिक पुर्वाधारको हिसाबले पनि विद्यालय सम्पन्न गराएर हामी अगाडी बढेका छौं ।
स्थानीय तहमा आम्दानीका स्रोतहरु के के हुन् ?
स्थानीय तहमा आम्दानीको स्रोत भनेकै जनता हो भन्छु म किनकी हरेक विकास निर्माण जनतासँग सुक्का मोहोर लिन्छौं र उहाँहरुलाइ नै रुपैया बनाएर दिने हाम्रो योजना हो । दोस्रो आम्दानीको स्रोत भनेको हाम्रो प्राकृतीक स्रोतहरु हुन, हामीसँग प्राकृतीक स्रोतहरु पर्याप्त मात्रामा छन जस्तै तामाकोसीका गिटी, बालुवा वन, जडीबुटी र विभिन्न बजारहरुलाई पनी हामीले स्रोतका रुपमा अबलोकन गरेका छौं । यिनै प्राकृतिक स्रोतहरुलाई पनि हामीले सही ढङगले सदुपयोग गर्न सक्यौं भने कालिञ्चोक गाँउपालिकाको राजस्व संकलन गर्न सकिन्छ ।
खानेपानी सरसरफाइको योजना पनि होला नि ?
कालिञ्चोक गाँउपालिकामा एक घर एक धारा हो । सिंचाइ र खानेपानीलाई हामी सँगसँगै जोड्दै छौ । हाम्रो कालिञ्चोक गाँउपालिकामा एक घर एक धारा नीति रहेको छ । ३,४ ठाँउमा हाम्रो एक घर एक धारा आधा आधा काम भइसकेको छ । हामीले कालिञ्चोकको तारेभिरमा सुरु गरेका छौं । वडा ५ नं सरु र ३ नं सम्पन्न भइसक्यो अन्य वडा मा पनि गछौं । गाउँपालिका भित्र चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ खानेपानी धारालाई नै विनियोजन गरेका छौ । वडा नं. १ मा सम्पन्न भयो, फाल्गुण महिनामा स्रोतको सर्वेक्षण गरिरहेका छांै ।
मुहानहरु कति छन्, कुन मुहानमा कति पानी छ र त्यसको उपभोक्ता कति छन र त्यो खानेपानीको मुहानलाई समानुपातिक ढङ्गबाट बितरण गर्नेछौं । पहिले हामी खानेपानी प्रयोग गर्ने छौं त्यसपछि हामीले सिचाईमा प्रयोग गर्ने छौ । यो कालिञ्चोक गाँउपालिकामा साँढे ८ हजार घरधुरी रहेका छन् । यस्ता कामका लागि केन्द्र सरकार समक्ष पनि अनुरोध गरेका छौं । सडकको सेक्टरमा हामी प्रत्येक बस्तीहरुमा सडकको संजाल बिस्तार गर्दैछौ । हामीले एउटा बस्ती–बस्ती केन्द्रीत गरेर हाम्रो सडक खनिरहेका छौं र किसानहरुको खेतबारीसँग जोडने छौ । सडक निर्माण बिभिन्न वडामा सम्पन्न गरिरहेका छौ । कालिञ्चोक गाउँपालिकालाई थप हामीले औजारहरु पनि खरिद गरिराखेका छौ । जस्तै स्काइभेटर, टिप हरु खरिद गरेका छौ ।

आर्थिक वर्ष ७४÷७५ चलिरहदा विनियोजन गरेको यो वर्षको बजेटमा पुंजीगत तर्फ कति खर्च भएको छ ?
हामीसँग अहिलेसम्म पुंजीगतको हिसाबमा चाँही हामीले सडकको, नर्सरी र कृषि क्षेत्रमा गरी ३०% पैसा खच भइसकेको देखिन्छ र अब अरु काम जारी छ । भौतिकबाट हेर्दा आधा सम्पन्न भइसकेको छ । लक्षित वर्ग दलित, महिला, जनजाति, अपाङ्ग र ५० वर्ष कट्नु भएका र विवाह नगरी वस्नु भएका एकल महिलाहरुलाई मासिक ५०० रुपैया दिनको लागी त्यो पैसा विनियोजन गरेको छौ । हामीले प्रोफाइलको काम सम्पन्न गरेका छौ । हाम्रोे महत्व आधारविन्दु के हो भन्ने नै थाहा थिएन अब आगामी याजना बनाउँछौ । व्यक्ति व्यक्ति, परिवार परिवारलाइृ नै उठाएर विकास गर्न सक्यौ भने मात्र गाउपपालिका विकास हुन्छ भन्ने हामीलाई लाग्छ ।

यति धेरै काम गर्न चुनौतीहरु के कस्ता देख्नु भएको छ ?
हामी राजनीतिक हिसाबले फरक मोडमा आएका छांै । हिजो, गाउँ, जिल्ला, थियो अहिले शासन प्रणाली पनि फेरिएको छ । स्थानीय तह हामी पनि सरकार नै भएका छौं । स्थानीय सरकार भनेको छुट्टै हो, प्रदेश सरकार र केन्द्रीय सरकार भनेको छुट्टै हो । त्यसो भएको हुनाले एउटा बाटोबाट अर्को बाटौमा हिड्दा पक्कै पनि कठिन हुन्छ ।
त्यस्तो चुनौती दुई तिन वटा देखिन्छ । एउटा हामीसँग पर्याप्त मात्रामा ऐन नियमहरु छैनन् र हामीले जसरी राज्य सञ्चालन गरेका हुन्छांै राज्य सञ्चालन गर्दा पनि कानुनभन्दा पनि अलि व्यवाहारीकतालाई हामीले प्राथमीकता दिएका हुन्छौं । स्थानीयस्तरमा काम गर्नको लागि प्राकृतिक स्रोतको कुरा, जग्गा भोगचलनको कुरा गर्दा यसलाई कसरी व्यवस्था गर्ने भन्ने एउटा चुनौती रहेको छ भने अर्को हाम्रो स्थानीय तहमा देखिएको चुनौती विकास भनेको हाम्रो जनताहरुको जमिन विभिन्न किस्तामा छन । अन्र्तराष्ट्रिय विकास मोडेलाई पनि पछ्याउनु छ । तर हाम्रा कर्मचारीहरु केन्द्रभन्दा स्थानीयस्तरमा पुगेर काम गर्न नचाहने प्रवृद्धि छ यो पनि महत्वपूर्ण चुनौती हो ।
तपाईहरुले गाउपालिका केन्द्र टुङ्ग्याउन सक्नु भएको छैन?
गाउपालिका केन्दको कुरा गर्दा हाम्रो ७ सय ५३ वटा गाउपालिका र महानगरपालिका रहेको छ । सम्भाव्यता सबै गाउँपालिका नगरपालिकाको यो काम वाँकी छ । हामीले छलफल जारी राखेका छौं । कालिञ्चोक गाउँपालिकाको बारेमा भन्नु पर्दा हामीले उपयुक्त स्थानमा सबैको ढङ्गबाट फाइनल गर्नुपर्छ भन्ने हिसाबले हामी अगाडी बढिरहेका छौ । यहाँ पक्ष हिसाबले गर्ने हो भने यो अस्ति नै फाइनल भइसक्थ्यो । कालिञ्चोक गाँउपालिकाको केन्द्र हामी सबैको हो भन्ने अनुभुती होस् भन्ने हिसाबले अगाडी बढाइरहेको छौं । हामीले भदौदेखि नै छलफल गरेका छौं, ९ वटै वडाको समिति तय गर्यौ । सबैको छलफलमा सबैलाई पायक पर्ने गरी केन्द्र चाँडै टुङ्ग्याउँछौं ।

Shares

Be the first to comment on "जनतासँग सुका लिएर रुपैंया बनाएर दिन्छौं,सबैको छलफलमा सबैलाई पायक पर्ने गरी केन्द्र चाँडै टुङ्ग्याउँछौं ।"

Leave a comment

Your email address will not be published.


*