जिरी (दीस) ः दोलखाको जिरी नगरपालिकाको आफ्नै व्यबसायिक कम्लेक्स निर्माण हुने भएको छ । नगरपालिकाकाे वडा नं. ५ बसपार्कमा करिब ११ करोडको लागतमा बिजनेस कम्प्लेक्स निर्माण हुने भएको हो । कम्लेक्स नगर बिकास कोषको ७० प्रतिशत ऋण अनुदान तथा नगरपालिकाको ३० प्रतिशतको लगानीमा उक्त ब्यबसायिक भबन निर्माण हुने नगरपालिकाका मेयर टंक जिरेलले बताए । कम्लेक्स पाँच तले हुने बताइएकाे छ । दोलखमा भीमेश्वर नगरपालिकाको सातदोबाटोमा आफ्नै ब्यवसायिक भवन निर्माण भईराखेको छ ।
Be the first to comment on "जिरी नगरपालिकाको आफ्नै व्यबसायिक कम्लेक्स निर्माण हुने"