चरिकोट(दीस)ः दोलखा जिल्लामा रहेका विभिन्न विद्यार्थी संगठनहरुले जिल्लाका सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले सो माग गरेका हुन् । अनेरास्ववियु (समाजवादी) दोलखा का अध्यक्ष तेजस्वि बस्नेत, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष नमराज बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष शौगात थापा तथा अनेरास्ववियुका अध्यक्ष रामचन्द्र केसीले संयुक्त विज्ञप्ति निकाल्दै जिल्ला भित्र संचालनमा रहेका सबै क्याम्पसमा स्ववियु निर्वाचन गर्न माग गरेको नेविसंघका अध्यक्ष सौगात थापाले जानकारी दिनुभयो । विज्ञप्तिमा जिल्लामा रहेको गौरीशंकर क्याम्पसले निर्वाचन तालिका सार्वजनिक गरिसक्दा पनि अन्य क्याम्पसले निर्वाचन तालिका सार्वजनिक गर्न बेवास्ता गरेको प्रति खेद प्रकट गर्दै तत्काल निर्वाचन तालिका सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियुका अध्यक्ष रामचन्द्र केसीले बताउनु भयो ।
जिल्लाका सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्न माग

Be the first to comment on "जिल्लाका सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन गर्न माग"