जिल्ला कृषि सहकारी संघको साधारण सभा तथा प्रशिक्षण सम्पन्न

चरिकोट (दीस)–जिल्ला कृषि सहकारी संघको साधारण सभा तथा आम प्रशिक्षण कार्यक्रम शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ। जिल्ला कृषि सहकारी संघ दोलखाको आयोजना तथा साना किसान विकास लघुवित्त संस्था लिमिटेड, काठमाडौँ शाखाको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा राष्ट्रिय कृषि सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीहरुलाई आर्थिक पाटोको सन्दर्भमा अभिमुखीकरण दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले कृषि क्षेत्रमा लगानी गरेर सदस्यहरूको आयआर्जनमा सहकारीहरूले सक्रिय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

बागमती प्रदेश प्रस्कुनका वरिष्ठ उपाध्यक्ष जीवसराज खड्काले प्रशिक्षणले सहकारी संस्था सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।\

कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद फुयालले दोलखाका कृषि सहकारीहरूले संघलाई बलियो बनाउन सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा साना किसान आवद्ध सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक तथा लेखा संयोजकहरूको उल्लेखनीय सहभागिता रहेको जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार संघको वार्षिक साधारण सभा पनि शनिबार नै सम्पन्न भएको हो।

Shares

Dikshan Online TV

Be the first to comment on "जिल्ला कृषि सहकारी संघको साधारण सभा तथा प्रशिक्षण सम्पन्न"

Leave a comment

Your email address will not be published.


*