जिवितै छन माक्र्स र माक्र्सबाद

आनन्दप्रसाद पोखरेल केन्द्रीय सदस्य (नेकपा) एवम् पूर्व मन्त्री

ताजा समाचारको लागि फलो गर्नुहोस ।

 

आनन्दप्रसाद पोखरेल

माक्र्सको जन्म भएको दुई सय वर्ष पुगेको छ । माक्र्सवाद विश्वव्यापीरूपमा प्रभावशाली, नेतृत्वदायी र परिवर्तनकारी दर्शन हो । यसको उपदेयाता दिनानुदिन प्रमाणित भइरहेको छ ।

विश्वभरिका कम्युनिस्ट सिद्धान्त मान्ने समाजवादी विचारक, प्रवद्र्धक, सकारात्मक विकासका पक्षपाती, आमूल परिवर्तनकारी र सामाजिक न्यायको लागि सघर्ष गर्ने अभियन्ताहरू समेतले सबभन्दा बढी पढ्ने, बुझ्ने र अधिक चर्चा र प्रतिक्रिया प्राप्त हुने दर्शनका रूपमा स्थापित भएको छ । आज विश्वभरिका मानिसहरूले चासोका साथ पढ्ने, धेरै बिक्रि हुने दस्तावेजसमेत कम्युनिस्ट घोषणापत्र भएको छ ।

यो दर्शनलाई विश्वका जनसंख्याको धेरै प्रतिशतले सुन्ने, पढ्ने र बुझ्ने गर्दछन् । यसको सान्दर्भिकता र प्रभावकारिता जाँच्ने गर्दछन् । लोकप्रिय सञ्चार माध्यम बिबिसी, सिएनएनले गरेको सप्ताहव्यापी अध्ययन र अन्तक्र्रियामा “माक्र्सवाद” विश्वको सबभन्दा लोकप्रिय औचित्यपूर्ण दर्शन भएको कुरा प्रमाणित भएको छ । विश्व राजनीतिमा आर्थिक विकास र पर्यावरणीय क्षेत्रमा देखा परेको संकट र समाजको मार्गदर्शन सिद्धान्त पनि माक्र्सवाद नै हो भन्ने कुरा पुनः पुष्टि भएको छ ।
कम्युनिस्ट पार्टीको सदस्य र माक्र्सवादको विद्यार्थी भएको नाताले माक्र्स र माक्र्सवादप्रतिको बढ्दो विश्वास र सद्भावलाई सबैप्रति आभार धन्यवाद दिनै पर्दछ । माक्र्सवादी सिद्धान्तलाई प्रवद्र्धन गर्न उग्रवाद र विसर्जनवादको विरोध कडा प्रहार गर्दै आधुनिक राजनीतिक परिदृष्यलाई ठीक ढंगले नेतृत्व गर्न माक्र्सवादको सिर्जनात्मक प्रयोगको अपरिहार्यतालाई पुनः पुष्टि गर्न माक्र्सका उत्तराधिकारीहरूको महत्वपूर्ण जिम्मेवारी छ ।

२३ फेबु्रअरी १९४८ मा कम्युनिस्ट घोषणा पत्र सार्वजनिक भएपछि घोषण पत्रले मागनिर्देशन गरेका विचारहरूलाई अहिले माक्र्सवादी दृष्टिकोण भनेर परिभाषित गरिरहेका छन् । यो कम्युनिस्ट पार्टीको घोषणापत्र १७ हजार शब्द भएको २३ पेजको छ । यो घोषणा पत्र सामान्य भाषामा भन्ने हो भने कम्युनिस्ट लिगको पम्पेल्ट हो । यसले वर्ग संघर्षको इतिहास र यसको अपरिहार्यतालाई आत्मसात् गरेको छ ।

पुँजीवादको अन्तर विरोध, पूजीवादी उत्पादन सम्बन्धको व्याख्या गर्दै बुर्जुवा वर्गको अन्त्यको लागि विश्वभरिका सर्वहारा वर्गलाई एक जुट हुन आह्वान गरेको छ । बुर्जुवा वर्गको सबै खाले शोषण दमनको विरूद्ध संघर्षको आह्वान गर्दै समतामूलक न्यायपूर्ण समाजवादी समाजको स्थापनाको लागि अपिल गरेको दस्तावेज नै कम्युनिस्ट घोषणा पत्र हो । झण्डै २०० वर्ष अगाडि विश्लेषण गरेको तत्कालीन समाजको आर्थिक राजनीतिक व्याख्या र परिवर्तनको नेतृत्व, कार्यदिशा अहिले पनि यतिकै सान्दर्भिक छ ।

त्यसैले आज पनि पँुजीवाद र साम्राज्यवाद विरूद्ध राष्ट्रिय स्वाधिनताको आन्दोलनको नेतृत्व गरी समाजवादी समाजको स्थापना गर्ने सर्वहारा श्रमजिवी वर्गको नेतृत्वमा क्रान्ति पूरा गर्ने अभिभारा मजदुरवर्गको काँधमा रहेको कुरालाई पटक–पटक पुनः पुष्टि भएको छ । माक्र्स, एंगेल्सले तयार पारेको घोषणा पत्र आज पनि विश्व कम्युनिस्ट आन्दोलनको निर्देशक सिद्धान्त बनेको छ । आज संसारले बुझेको माक्र्सवाद भनेको द्वन्द्वत्मक, ऐतिहासिक भौतिकवादी दर्शन हो । परिवर्तनको लागि ऐतिहासिक र वर्तमानमा वर्ग संघर्ष हो ।

यसको महत्व सर्वहारा वर्गको नेतृत्व बुर्जुवा पँुजीवादको अन्त्य र समाजवादी समाजको स्थापना नै माक्र्सवाद हो । माक्र्सद्वारा रचित पँुजी र यसले वर्तमानलाई दिएको अर्थ राजनीतिक परिवर्तनको अपरिहार्यता, औचित्यतालाई स्थापित गरेको छ । अतिरिक्त मूल्यको सिद्धान्तमा आधारित पुँजीवादी वर्गले गर्ने शोषण र त्यसको विरूद्ध संघर्ष मार्फत ब्रर्जुवा वर्गको विस्थापन र समाजवादको स्थापना नै माक्र्सवाद हो ।
२१औँ शताब्दीको परिवर्तनको नेतृत्व माक्र्सवादले गरेको छ । तर पनि उदारवादी बजार अर्थतन्त्रका पक्षपाती पुँजीवादी विचार अवलम्बन गर्नेहरूले कडा आलोचना गरिरहेकै छन् । माक्र्सको पुँजीले अगाडि सारेको पुँजीवादीहरूले प्राप्त गर्ने मुनाफाको सिद्धान्तलाई श्रमको चोरी (प्रोफिट इज थिप्फ) भनी परिभाषित गरेका छन् । बजारलाई नै मूल्य र नाफाको निर्धारण गर्ने माध्याम भन्ने कुरा अर्थात पुँजीवादीहरूको बजारको सिद्धान्त माक्र्सको शब्दमा मुर्खहरूको गलत व्याख्या हो भनेका छन् । पैसालाई सबथोक ठान्ने चिन्तन प्रणाली र परिणामको विरूद्ध कडा प्रहार गरेका छन् ।

तत्कालीन समाज विकासको खराबीहरूको जड पूर्णतः पुँजीवाद हो भन्ने माक्र्सको भनाइका कडा आलोचकहरू भए पनि माक्र्सवादले विजय प्राप्त गरिरहेको छ । सन् १९८०–२००० सम्मको अवधिमा कम्युनिस्टहरूको लागि रक्षात्मक थियो । कम्युनिस्ट शासनमा आएको भड्काउ सोही समयको सोभियत रूस पूर्वी युरोपका मुलुकबाट कम्युनिष्ट नामको सरकार ढल्दा माक्र्सवाद सकिएको घोषणा गर्नेहरू पश्चिमा पुँजीवादी दार्शनिक र पुँजीवादी सत्ताको अभियानताले कम्युनिस्ट शासन र विचारको अन्त्यको घोषणा गरेका थिए ।

खुसी भएका थिए । तर स्थिति यस्तो रहेन । शीत युद्धको अन्त्य । पुँजीवादको एक ध्रुवीय शासन प्रणाली र सोभियत संघको पतनबाट पनि विश्व पुँजीवाद र पुँजीवादी शासकहरू सुरक्षित भएनन् । सन् २००६–२०१२ सम्म आर्थिक संकट विकराल भयो । एकै पटक राजनीतिक संकट, आर्थिक संकट र मन्दीले विश्व पुँजीवादी अर्थतन्त्रको जग चर्मरायो । प्राकृतिक स्रोत पेट्रोलियम पदार्थको संकट वित्तीय क्षेत्रका हस्ती बैंकहरूमा मन्दी आयो । अर्थतन्त्रलाई बेल आउट गर्नुपर्ने अवस्थाको सिर्जना भयो । यतिबेर पुँजीपन्थीहरू आफ्नो असफलताको बाटो पहिल्याउन र समस्याको समाधान खोज्न माक्र्सको पुँजी पल्टाउन बाध्य भए ।

माक्र्सवादी दर्शनभित्रै समास्याको समाधान पहिल्याए । त्यसैले हामी भन्न सक्छाैँ माक्र्सवादको झण्डा विश्वव्यापी फहराइरहेको छ । माक्र्सवादी दर्शन र द्वन्द्ववादको विश्लेषण गर्ने हो भने राजनीतिक, आर्थिक परिवर्तन र साम्राज्यवादको अन्त्यको लागि विश्वव्यापीरूपमा वर्गसंघर्षको प्रभाव, सम्भावना अझ जिवित मात्र होइन अपरिहार्य छ भन्ने कुरा दिनानुदिन स्थापित भएको छ । मानिसहरू परिवर्तन चाहन्छन् । सुखी, समृद्धि र स्वाभिमान जिन्दगी बिताउने चाहन्छन् ।

तर, विश्व पुँजीवाद र यसको नेतृत्वकर्ताहरू अविकसित राष्ट्रहरूको स्रोतमाथिको प्रभुत्वको लागि सशस्त्र होडबाजी र युद्ध, दमन, हस्तक्षेप गरिरहेका छन् । साम्राज्यवादको दलाली गर्ने शासकहरूमार्फत कथित प्रजातन्त्रको नाममा मजदुर वर्गमाथि शोषण, मानव अधिकारको हनन् कायम छ । राष्ट्रहरूको स्वाधिनतामाथिको हस्तक्षेप कायमै छ । केही दमन र शोषणका रूप फेरिए पनि वित्तीय संस्थामार्फत गर्ने एकाधिकार लगानीमा सर्तबन्दी छ । नयाँ वातावरणीय औपनिवेशिक शोषण बढ्दो छ ।

राष्ट्र–राष्ट्रबीचको जनता–जनताबीचको र पुँजीवादी र मजदुरबीचको वर्ग अन्तर्विरोध कायम छ । साना राष्ट्रहरू यसबाट मुक्ति चाहन्छन् । स्वाधीन अर्थतन्त्र निर्माण गर्न चाहन्छन् । मजदुरहरू पुँजीवादी तख्ता ढाल्न चाहन्छन् । तर, साम्राज्यवादी ताकत पर्खालझँै खडा छ । यसको विरूद्धमा निरन्तर संघर्ष गर्दै मुक्ति युद्ध गरी समाजवादको स्थापना गर्नु आजको विश्वको आवश्यकता हो । यसको लागि निरन्तर मुक्ति आन्दोलन जरूरी छ ।

पुँजीवादमा देखा परेको आर्थिक संकट, मन्दी, व्यापार घाटा, प्राकृतिक स्रोत अन्य स्रोत क्रमशः समाप्ति हुँदैछ । भूमण्डलीकरण र तापक्रम वृद्धि, जलवायु परिवर्तन र पानीको अभाव आजको विश्वमा नयाँ चुनौती थपिएको छ । तेस्रो विश्व युद्ध हुने खतरा बढेको छ । यसो भए आणविक युद्धको सम्भावना टड्कारो छ । पृथ्वीमा मानव अस्तित्व समाप्त हुने छ । यसको बारेमा ठूला राष्ट्रहरू आणविक अस्त्रहरूको भण्डार शक्ति अहंकारमा अन्धा बनेका छन् । राष्ट्र–राष्ट्रबीचको ध्रुवीकरण पेचिलो बनेको छ । माक्र्सले १ सय ५० वर्ष अगाडि देखाएको समस्या र समाधानको उपाय धेरैपटक घोत्लेर खोज्नुपर्ने छ ।

समय फरक भए पनि माक्र्सले यो संकेत तत्कालै देखेका थिए । माक्र्सको लागि यो नौलो थिएन । त्यसैले माक्र्सवादले औल्याएको पुँजीवादी अर्थतन्त्रको ढाँचामा देखिएका संकटले माक्र्सवादको सान्दर्भिकतालाई अझ बढाएको छ । पुँजीवादीले विकास गरेको व्यक्तिवादी चिन्तनले मानिसहरू व्यक्तिवादीमा जति जान चाहे पनि जान सकिरहेका छैनन् । उनीहरू क्रमशः माक्र्सवादी विचारप्रति उत्तिकै समर्पित भएका छन् ।

समाजवादी मात्र होइन पुँजीवादीहरू समेत पुँजीवाद आएको संकट समाधानको लागि माक्र्सवादी अर्थतन्त्रको सहारा लिइरहेका छन् । मानिसहरूमा दिनानुदिन माक्र्सवादी चिन्तन र विचारमा आबद्धता बढिरहेको छ । विश्वमा माक्र्सवादी विचारमा आधारित समाजवादी शासन अध्यावधिक कायम छ । विश्वभरी नै कम्युनिस्ट पार्टीहरू सञ्चालित छन् । जनतालाई संगठित गर्दै परिवर्तित अवस्थामा नेतृत्व गरिरहेका छन् ।

मजदूरको अधिकार, जीवनमा सुधार, ट्रेड युनियन आन्दोलन माक्र्सवादी शिक्षाको आधुनिक मार्गदर्शन हुन् । ट्रेड युनियन आन्दोलनले दिनानुदिन शक्ति प्राप्त गरिरहेको छ । माक्र्सले भने जस्तै माक्र्सवादी दर्शनले परिस्थितिको विश्लेषण र व्याख्या मात्र गरेको छैन । यो दर्शनले संसारलाई फेर्ने नेतृत्व गर्दछ । विश्वका साधन स्रोतविहीन ९० प्रतिशत जनताको भावनाको प्रतिनिधित्व गर्दछ । अझै पनि विश्वका एक तिहाइ जनसंख्या माक्र्सवादी विचारधारामा संगठित छन् ।

विश्व परिवर्तनको लागि क्रियाशील छ । नयाँ उचाइबाट संघर्ष र संगठनलाई अगाडि बढाइरहेका छन् ।  हाम्रो सन्दर्भमा कम्युनिस्ट पार्टीको स्थापना भएको ६७ वर्षमा जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादी सिद्धान्तको प्रतिपादन गर्दै माक्र्सवादलाई सिर्जनात्मक प्रयोग गरी कम्युनिस्ट पार्टीको बहुमतको सरकार निर्माण गरी न्यायपूर्ण समाजवादी समाजको स्थापना गर्ने नेपाली कम्युनिस्टहरू संकल्पित छन् ।

अन्तमा माक्र्सको २०० आैँ जन्म जयन्तीको यो अवसरमा उहाँप्रति हार्दिक श्र्रद्धाञ्जली अर्पण गर्दै माक्र्सवाद, लेनिनवाद जनताको बहुदलीय जनवादको झण्डा नेपालको आकाशका फहराउँदै संमृद्ध नेपाल सुखी नेपाली बनाउन माक्र्सवादमा आधारित समाजवादी सामाज निर्माण गर्न नेपाली कम्युनिस्टहरू लागिपरेका छन् ।
(पोखरेल पूर्वमन्त्री हुन्)

साभार र्सौय दैनिक

Shares

Be the first to comment on "जिवितै छन माक्र्स र माक्र्सबाद"

Leave a comment

Your email address will not be published.


*