ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दोलखाको चरिकोटमासेवा विस्तार

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट–ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दोलखामा शाखा विस्तार गरेको छ । बिहिबार ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा संजाल विस्तार काठमाण्डौको सुके धारामा शाखा कार्यालय तथा दोलखाको चरिकोटमा उपशाखा कार्यालय खोलसँगै यसको शाखा ५४पुगेको छ । यो इन्स्योरेन्स कम्पनी२०७४ आश्विन ८ गतेबाट स्थपना भएको हो । विभिन्न व्यक्तितथा संस्था गरी जना संस्थापकहरु रहेको यस कम्पनीको अधिकृत पुँजी रु. ३ अर्व, जारी पुँजी रु. २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.५४ अर्ब चुक्तापुँजी रहेको छ । यस कम्पनीले निकट भविष्यमा रु.६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गरी चुक्तापुँजी रु. २.२०अर्ब लक्ष्य रहेको कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री बताए ।
कम्पनीले विभिन्न ११ वटा घातक रोगको पहिचान भएको अवस्थामा उपचार खर्च वापत अधिकतम रु. १० लाख सम्म अग्रिम भुक्तानी दिने सुविधा सहितको बीमा योजनाहरु रहेको कार्यकारी उप–प्रमुख खत्री जानाकारी दिए ।

Shares

Be the first to comment on "ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा दोलखाको चरिकोटमासेवा विस्तार"

Leave a comment

Your email address will not be published.


*