चरिकोट (दीस) –ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चरिकोट शाखाले मृतकका परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको छ । जेष्ठ ४ गते तामाकोसी नदीमा बेपत्ता भएका दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ७ का २१ बर्षिय श्याम खडकाको परिवारलाई विमा बापतको रकम १० लाख २७ हजार ५ सय रुपैया हस्तान्तरण गरेको हो। शनिबार दोलखाको सदरमुकाम चरिकोटमा कम्पनीका सेल्स हेड फर्शुराम मरासिनीले मृत्यु दाबी बापतका रकम उनको बुबालाई भुक्तानी गरेको इन्सोरेन्सका दोलखाका प्रमुख चुडाराज श्रेष्ठले बताए । उनले २०७६ साल असार २७ पाँच लाख विमा गरेको श्रेष्ठले बताए । कम्पनीले घातक रोगको उपचार खर्च दिने पहिलो नेपाली कम्पनि रहेको तथा ५० लाख सम्म ३५ वटा रोगहरुको सुविधा प्रदान गरेको उनले बताए ।
Be the first to comment on "ज्योती लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृतकका परिवारलाई बिमा बापतको रकम भुक्तानी"