चरिकोट –संविधान दिवस चरिकोटमा मनाइएको छ । दिवसको अवसरमा बुधबार वेलुका सदरमुकाम चरिकोटमा दिपावली गरी मनाइएको छ । दोलखा उद्योग वाणिज्य संघको आयोजनामा सो दिपावली मनाइएको हो । दिपावलीमा दोलखाका जनप्रतिनिधी, सरकारी कार्यलयका प्रमुख, संघसंस्था प्रतिनिधी ,पत्रकार तथा नागरिकहरुको सहभागिता रहेको थियो । दिवसको अवसरमा बुधवार विहान जिल्ला समन्यव समिति आयोजनामा चरिकोटमा प्रभात भेरी आयोजना गरिएको थियो । प्रभात भेरी पछि जिल्ला समन्वय समितिको कार्यलयमा भएको कार्यक्रममा वक्ताहरुले संविधान दिबस अबसर शुभकामना दिएका थिए । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति दोलखा प्रमुख डबल पाण्डले संविधान दिबसको शुभकामना दिए । भिमेश्वर नगरपालिका प्रमुख भरत के.सी ले संविधान कार्यन्वयन चरणमा रहेको यसलाई सफल वनाउने दायित्व सवैको रहेको बताए । संविधान दिवसको अवसरमा वालवालिकाको हक सुनिस्चीताको लागी स्थानीय सरकारको भुमिका विषयक मावि स्तरीय निवन्ध प्रतियोगिता गरिएको थियो । ४ क्षेत्रमा गरिएको कार्यक्रममा ३५ जना विद्यार्थीको सहभागिता रहेको थियो । निवन्ध प्रतियोगितामा हनुन्तेश्वर मावि कि छात्रा आकृती कार्की प्रथम, भिम दोलखाका सुसिल ठकुरी द्धितिय ,क्षेत्रवती मावि तृतिय भएका थिए । कार्यक्रममा विजयी विद्यार्थीलाई नगद ,प्रमाण पत्र दिएर सम्मान गरिएको थियो ।
दोलखामा संविधान दिवस मनाइयो
TOPICS:स्थानीय समाचार
Posted By: दीक्षण दैनिक ३ आश्विन २०७५, बुधबार २०:४७
५ माघ २०८१, शनिबार १८:०४
उपाधि द राइजिङ स्टारलाई
५ माघ २०८१, शनिबार १९:३७
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाको अधिवेशन सम्पन्न, राजुप्रसाद शर्मा पुनः अध्यक्ष चयन
५ माघ २०८१, शनिबार १८:३०
अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि विगु गाउँपालिकालाई
५ माघ २०८१, शनिबार २०:१३
नेकपा एमाले दोलखा बैतेश्वोर–काठमाण्डौ सम्पर्क मञ्चको तेस्रो सम्मेलन सम्पन्न
५ माघ २०८१, शनिबार १९:१२
Be the first to comment on "दोलखामा संविधान दिवस मनाइयो"