निशुल्क शिक्षाका लागि शिक्षा विभागले २ अर्ब स्थानीय तहमा पठायो

ताजा समाचारको लागि फलो गर्नुहोस ।

भक्तपुर । शिक्षा विभागले निःशुल्क शिक्षा अन्तर्गत शैक्षिक सत्र ०७५ का लागि झण्डै साढे २ अर्ब विनियोजन गरी स्थानीय तहमा पठाइसकेको जनाएको छ । साथै चैतको २५ गतेसम्म मुद्रक तथा वितरकहरुलाई सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइसक्नुपर्ने लक्ष्य लिएको बताए ।

विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै निःशुल्क शिक्षा अन्तर्गत नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीको पूर्वानुमान गरी २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँको निःशुल्क पाठ्यपुस्तक शीर्षकमा विनियोजन गरी सम्पूर्ण स्थानीय तहमा पठाइसकेको जनाएको छ ।

विभागले निःशुल्क पाठ्यक्रम वापतको रकम स्थानीय तहले कसरी र कति दरमा निकासा दिने तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समेत पाठ्यपुस्तकवापतको रकम विद्यालयको खातामा निकासा दिन स्थानीय तहलाई पत्राचार गरेको जानकारी दिए ।

विभागले कक्षा १ देखि १० सम्मको ०७४ सालको जम्मा विद्यार्थी संख्या ५५ लाख ३० हजार ५ सय ३१ जना रहेको र त्यसमध्ये कक्षा १ देखि ५ मा अध्ययन गर्ने ३३ लाख ५ हजार ६ सय १४ जनाको लागि १ करोड ६५ लाख २८ हजार ७० निजी मुद्रणले र कक्षा ६ देखि १०सम्म अध्ययन गर्ने जम्मा २२ लाख २४ हजार ९ सय १७ विद्यार्थीका लागि १ करोड ९२ लाख ३९ हजार ६ सय थान पाठ्यपुस्तक जनक शिक्षाले छपाइ गरी वितरण गर्ने भएको जानकारी दियो ।

विभागले वैशाख २ गते भर्ना हुने सबै विद्यार्थीका हातमा नयाँ पाठ्यपुस्तकको सेट उपलब्ध गराइसक्नुपर्ने र क्षेत्रीय तथा जिल्ला अनुगमन समितिको बैठक राख्न निर्देशन बताए ।

Shares

Be the first to comment on "निशुल्क शिक्षाका लागि शिक्षा विभागले २ अर्ब स्थानीय तहमा पठायो"

Leave a comment

Your email address will not be published.


*