काठमाडौँ — निषेधाज्ञा उल्लंघन गरेको भन्दै तनहुँमा पक्राउ गरिएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पौडेललाई झन्डै तीन घन्टापछि रिहा गरिएको हो । पौडेलसँगै पक्राउ परेका कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले पौडेलसहित आफूहरुलाई रिहा गरिएको बताए । व्यास नगरपालिकाका दुई वडा जोड्ने पुलको उद्धघाटनका लागि पुगेका पौडेललाई प्रहरीले गिरफ्तार गरेको थियो । आफ्नो पालामा निर्माण भएको पुल उद्धघाटन गर्न स्थानीय सरकार र पुल निर्माण समितिले आफूलाई बोलाएकाले गएको तर सरकारले सुरक्षा दिनुको सट्टा उल्टो अधिनायकवादी चरित्र देखाउँदै आफूलाई पक्राउ गरिएको पौडेलले बताएका छन् ।
Be the first to comment on "पक्राउ गरिएका नेता पौडेल रिहा"