पहिरोमा ज्यान गुमाएका शिवाकोटीकी छोरीको शिक्षामा लाग्ने खर्च मन्त्री गुरुङले बेर्होने , १५ हजार सहयोग

चरिकोट (दीस) –महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले पहिरोमा ज्यान गुमाएका परिवारलाई १५ हजार सहयोग गरेका छन् । दोलखाको गौरी गाउँपालिका वडा नम्बर ८ खारेको टुनिटार बिहिबार पहिरो जाँँदा कालिन्चोक गाउँपालिका ३० बर्षका सुरेश शिवाकोटीको मृत्यु भएको थियो ।सो पहिरोमा ज्यान गुमाएका शिबाकोटीको परिवारलाई मन्त्री गुरुङले आज फोन गरेर १५ महिनाकी छोरीको तथा गर्भ रहेको बच्चाको शिक्षामा लाग्ने खर्च बेर्होने प्रतिबद्धता जनाएका छन् ्। पहिरोमा मृत्यु भएका शिवाकोटीको परिवारलाई तत्काल १५ हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । श्रीमान गुमाएकी उनकी श्रीमतीलाई रोजगारी खोजदिने प्रतिबद्धता जनाएको मन्त्रीका स्वकिय सचिब महाराज गुरुङले जनाकारी दिए । दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर ८ घर भएका शिवाकोटी ग्रीलको काम गर्न खारे पुगेका थिए ।

मन्त्री गुरुङले गरे विभिन्न पहिरोस्थलको निरीक्षण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले शनिवार दोलखाको विभिन्न पहिरोस्थलको निरीक्षण गरेका छन् । बिहिबार रातीको बर्षाको कारण आफ्नै जन्मस्थल गौरीशंकर गाउँपालिका–५, ६ र ८ मा बाढी तथा पहिरो गएर २१ घरका ५४ जना विस्थापित भए पछि शनिवार मन्त्री गुरूङ स्थलगत निरीक्षणमा गर्न गएका हुन् ।निरीक्षणका क्रममा गौरीशंकर गाउँपालिका–८, खारे, टुनीटार पुगेका मन्त्री गुरूङले पहिरो पीडितलाई भेटेर सान्त्वना दिए । खारेको टुनिटारस्थित पहिरोस्थलमा करिब २० मिनेट बिताएका मन्त्री गुरूङ लगत्तै वडा नम्बर ५ र ६ स्थित गुरूम्फीको बाढी क्षेत्रमा पुगेका थिए ।गुरूम्फीमा पुगेका मन्त्री गुरूङसँग खारेखोला जलविद्युत् आयोजनाको अव्यवस्थित निर्माण र संरचनाको कारण गुरूम्फी क्षेत्र डुवानमा परेको स्थानीयहरूले गुनासो गरेका थिए ।

यो पनि हेर्नूहोस

Shares

Dikshan Online TV

Be the first to comment on "पहिरोमा ज्यान गुमाएका शिवाकोटीकी छोरीको शिक्षामा लाग्ने खर्च मन्त्री गुरुङले बेर्होने , १५ हजार सहयोग"

Leave a comment

Your email address will not be published.


*