नेपाल तामाङ संघ दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न

चरिकोट(दीस)ः नेपाल तामाङ संघ दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सोमबार नेतृत्व चयन गर्दै सदरमुकाम चरिकोटमा सम्पन्न भएको हो । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तामाङ संघको प्रथम अधिवेशनले जिल्ला अध्यक्षतामा श्याम तामाङलाई चयन गरेको छ । यस्तै संघका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा शलखाल तामाङ तथा तारा पाख्रिन र सचिवमा प्रेम सिंह तामाङ चयन हुनु भएको संघले जनाएको छ । यस्तै क्षेत्रीय सभापतिमा क्षेत्र नम्बर एकको सभापतिमा रामलाल तामाङ तथा क्षेत्र नम्बर दुईको अध्यक्षमा राजु तामाङ सर्वसम्मत चयन हुनु भएको संघको भनाई रहेको छ । अधिवेशन नेपाली काँग्रेस दोलखाका सभापति बर्मा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shares

Dikshan Online TV

Be the first to comment on "नेपाल तामाङ संघ दोलखाको प्रथम जिल्ला अधिवेशन सम्पन्न"

Leave a comment

Your email address will not be published.


*