प्रदेश नम्वर ३ का भौतिक पुर्वधार मन्त्री स्थापित दोलखा भम्रणमा बेस्त

ताजा समाचारको लागि फलो गर्नुहोस ।

चरिकोट –प्रदेश नम्वर ३ का भौतिक पुर्वधार मन्त्री केशव स्थापित हाल दोलखाको बिभिन्न स्थानको भम्रणमा बेस्त छन । बुधबार दोलखा आएका मन्त्री स्थापित बिहिबार दोलखाको जिरी नगरपालिकाले गरेका बिभिन्न कार्यक्रममा सहभागी भएका छन । जिरी नगरपालिकाको निम्तोमा दोलखा आएका मन्त्री स्थापित बिहिबार सदमुकाम चरिकोटमा बस्ने कार्यक्रम रहेको छ ।

उनले शुक्रबार दोलखाको प्रसिद्ध मन्दिर कालिन्चोक भम्रण गर्ने कार्यक्रम बनाएका छन । त्यसैगरी उनले शनिबार शैलुङको भम्रण गर्ने कार्यक्रम तय छ । भुकम्प पछिको पुननिर्माण र पर्यटनको योजना तयार गर्नका लागि दोलखाको स्थलगत भ्रमणमा आएका बताइएको छ । उनको दोलखाको बिभिन्न स्थानको भम्रण गर्नु उदेश्य दोलखाको पर्यटनको प्रबद्धनको लागी भएको भम्रण दलका सदस्य एमाले दोलखाका नेता बसन्त राज कार्की बताए । उनको. भम्रणको उदेश्य भनेको मुलत जिरीमा तालको सम्भाव्यता अध्ययन जिरी नगरपालिकाकाले निर्माण गर्ने भनेको जिरी कृतिम ताल निर्माण स्थल र ‘प्याराग्लाईडिङ’ का लागि उपयुक्त मानिएको जिरीको पटासे डाँडाको स्थलगत अध्ययन गर्ने रहेको कार्कीले बताए । स्थलगत अवलोकनपछि मन्त्री स्थापितले कृतिम ताल निर्माण र प्यराग्लाईडिङ सञ्चालनका लागि प्रदेश सरकारले ठोस योजना सहित बजेटको व्यवस्था गर्ने बताएको कार्कीले बताए ।

Shares

Be the first to comment on "प्रदेश नम्वर ३ का भौतिक पुर्वधार मन्त्री स्थापित दोलखा भम्रणमा बेस्त"

Leave a comment

Your email address will not be published.


*