चरिकोट (दीस) ः प्राथमिक उपचार दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । योगदान राष्ट्रको संस्था दोलखाको आयोजनामा शनिबार रक्तदान सम्पन्न भएको हो । संस्थाका सचिव रमेश श्रेष्ठका अनुसार कार्यक्रममा १९ जनाले रक्तदान गर्नु भएको छ । कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तमराज खनाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका मन्त्री भरतनारायण प्रधान, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सत्रुधनकुमार महतो, र जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर प्रसाद भट्टराईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता योगदान राष्ट्रको लागि संस्थाका अध्यक्ष अमर श्रेष्ठले गर्नु भएको थियो भने रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले प्राविधिक सहयोग गरेको सचिव श्रेष्ठले जानकारी दिनु भयो ।
प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न

Be the first to comment on "प्राथमिक उपचार दिवसको अवसरमा चरिकोटमा रक्तदान सम्पन्न"