चरिकोट (दीस) –दोलखामा पछिल्लो समय अाएको पीसीआर टेष्ट रिपोर्टले दोलखा कोरोना संक्रमणको उच्च जोखिममा रहेको देखाएको छ । आज आएको पीसीआर टेष्टमा ६ जनाको रिपोर्ट पोजेटिभ आउनुले दोलखा कोरोना संक्रमणका उच्च जोखिममा रहेको देखाएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा चरिकोटमा रहेको ओपिडीमा उपचार गर्न आएका १३ जनाको स्वाब संकलन गरी धुलिखेलमा गरिएको पीसीआर टेष्टमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज आएको रिपोर्टमा १ महिला र ५ पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाले बताएको छ । भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख श्याम खडकाका अनुसार आज संक्रमित हुने भीमेश्वर नगरपालिकाका २ जना , गौरीशंकर गाउँपालिकाका २ जनामा , कालिन्चोक गाउँपालिकाका १ जना, रामेछापका १ जना रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र उपचार गर्न आएका १३ जनामा कोरोना संक्रमणको लक्षण देखापछि पीसीआर टेष्ट गर्न पठाइएको उनले बताए । उनीहरु कसरी संक्रमित भए भन्ने बारे खोजी भइरहेको उनले बताए ।पछिल्लो समय पाँच जना काेराेना संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्रयाक टे«सिङ भइरहेको र त्यसको रिपोर्ट आउन केही दिन लाग्ने उनले बताए । दोलखामा हाल सम्म ६६ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । दोलखामा ५० जनाले कोरोना जितेका छन् ।
Be the first to comment on "प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटको ओपिडीमा उपचार गर्न आएका ६ जनामा संक्रमण"