अनिल दहाल –नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले राजधानीमा आयोजना गरेको ‘सहकारीमा गुणस्तर मापन’ विषयक छलफल कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारी अभियानको मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा गर्नुभएको छ । राजिष्टार पाण्डेले अभियानको सहमती भएको अवस्थामा एक महिना भित्र केन्द्र स्थापना गर्न सकिने बताउनु भयो । पाण्डेले ‘कर्जा सूचना केन्द्र एक महिना भित्र संचालनमा आउन सक्छ, प्रणालीमा भएको डाटाबाट सहकारीले शून्य खर्चमा कर्जाको जानकारी पाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘सहकारी विभाग त्यो जिम्मा लिन तयार छ ।’
मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा

Be the first to comment on "मतान्तरका कारण कर्जा सूचना केन्द्र स्थापना गर्न नसकिएको खुलासा"