अर्जुन अपबाद –मेलुङ् गाउँपालिकामा हिजोबाट जारी अपाङ्ग परिचयपत्र वितरण शिविरमा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ । आज वडा नं. ३, ४ र ५ का अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरिएको हो । आज शिविरमा ३७ महिला र ३८ पुरुषलाई परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो । वडा नं ३ का १६, ४ का ३६, ५ नं वडाका २२ र वडा नं २ का १ जनाले अपाङ्गता परिचय पत्र लिएका हुन् । शिविरमा पूर्ण अशक्त वर्गका ९, अति अशक्त वर्गका २७, मध्यम अशक्त वर्गका ३४ र सामान्य अपाङ्गता वर्गका ४ जनाले परिचय पत्र लिएका हुन् । शिविरमा अपाङ्गता तथा दृष्टिविहिन सेवा संघ चरिकोटले २ थान बैशाखी २ थान ह्विलचेयर वितरण गरेको संस्थाका अध्यक्ष रामकृष्ण तामाङ्गले जानकारी दिनु भयो । शिविर भोलीसम्म चल्ने प्रमुख प्रसाकिय अधिकृत महेन्द्र बिकले जानकारी दिनु भयो ।
मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण
TOPICS:स्थानीय सरकार
Posted By: दीक्षण दैनिक ४ पुष २०७७, शनिबार १८:२३
२४ आश्विन २०८१, बिहीबार १५:३२
काठमाडौंबाट रामेछापको गुप्तेश्वर जाँदै गरेको बस भीमेश्वर नगरपालिका-८, मा दुर्घटना हुँदा २३ वर्षीय युवकको मृत्यु ,एक गम्भिर घाइते
२३ आश्विन २०८१, बुधबार १८:५३
याँ नोट मुद्रण नहुँदा राज्यलाई डेढ अर्ब फाइदा, सटही २५ अर्बले घट्यो
२३ आश्विन २०८१, बुधबार १९:०७
मेलुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिरमा हुने
२३ आश्विन २०८१, बुधबार १९:०५
Be the first to comment on "मेलुङ् गाउँपालिकामा आज ७५ जनालाई अपाङ्ग परिचयपत्र वितरण"