सुदूरपश्चिम, २६ मङ्सिरः कैलाली जिल्लाका छुट्टाछुट्टै तीन स्थानमा भएका सडक दुर्घटनामा घाइते भएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार टीकापुर नगरपालिकास्थित हुलाकी सडकमा भएको सुपप्र ०१–००८प ०८१३ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका टीकापुर नगरपालिका–१ का २२ वर्षीय विनोद चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गए राति नै गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका– ११ का ३० वर्षाीय हिक्मत महराको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । धनगढी उपमहानगरपालिका– १८ डिपो बजारमा सुपप्र०१००११प ७०७१ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालक कैलारी गाउँपालिका–३ का ४० वर्षीय कमलेश चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

Posted By: दीक्षण दैनिक २६ मंसिर २०८१, बुधबार १०:१६

३० माघ २०८१, बुधबार २०:००
२०८१ माघ ३०गतेको क्लिक गरेर Epaper पढ्नुहोस
१ फाल्गुन २०८१, बिहीबार १५:२४
Be the first to comment on "मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु"